राष्ट्रियसभा बैठक बस्दै : बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

राष्ट्रियसभा बैठक बस्दै : बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
सुन्नुहोस्

काठमाडौं : संघीय संसदअन्तरगतको राष्ट्रियसभा बैठक बस्दैछ। शुक्रबार बिहान ११ बजेर ३१ मिनेटमा बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने कार्यसूची छ।

बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक  अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने संभावित कार्यसूची तय भएको छ।

सरकारले गत जेठ १५ गते आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गरेको हो। प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायत रास्वपा र राप्रपाले बजेट सच्याउन माग गरेको छ।

बजेट निर्माणमा  करका दर परिवर्तन र निर्धारण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै आपत्ती जनाएका छन्।

उनीहरूले संसदीय छानविन समिति गठनको माग पनि गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.