लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आह्वान
सुन्नुहोस्

लुम्बिनी : लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको दोस्रो अधिवेशन अर्थात् बजेट आह्वान गरेका छन्। 

प्रदेश प्रमुख कार्यालयबाट आज जारी विज्ञप्तिमा प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गर्नका लागि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट मंगलबार सिफारिस भई आएकाले सभाको दोस्रो अधिवेशन आह्वान भएको जनाइएको छ। 

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ १२ गते शुक्रबार दिनका १ बजे प्रदेशसभा भवन, राप्ती उपत्यका (देउखुरी)मा प्रदेशसभाको अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

त्यस्तै प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले संविधानको धार १८३ को उपधारा १ र धारा १६६ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेको लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम १ बमोजिम सूचना जारी गरिएको उल्लेख गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.