ढल निकास प्रयोजनको लागि ‘डीडब्लूसी’ पाइप उत्पादन सुरु

काठमाडौं : विभिन्न निर्माण सामग्री उत्पादन तथा विक्री वितरण गरिरहेको नेपाटपले ल निकास प्रयोजनका लागि प्रयोग हुने डबल वाल कोरोगेटेड (डीडब्लूसी) पाइपको उत्पादन सुरु गरेको छ।
भारत, चीन लगायतका विश्वका विभिन्न देशहरूमा केही दशक अगाडिबाट सफल भएको डिजाइन तथा मापदण्ड प्रयोग गरी नेपाटप अर्गनाईजेशन अन्तर्गतको मनमैजु इण्डष्ट्रिजले अत्याधुनिक प्रविधि सहितको मेशिनरी आयात गरी नेपालमा उत्पादन सुरु गरेको हो।
विगत दुई दशकभन्दा लामो अवधिदेखि भारत, चीन एवं विश्वका विभिन्न मुलुकहरूमा उत्पादन भएर प्रचलित भएको कोरोगेटेड डिजायनमा कम्पनीले उत्पादन सुरु गरेको विज्ञप्तिमा उल्लेख छ।
कम्पनीले हाल प्रचलित अन्तराष्ट्रिय मापदण्ड र डिजाइनको परिधिभित्र रही १०० मिमिदेखि १२०० मिमि गोलाईका पाइप उत्पादन गरिरहेको छ।
नेपाल गुणस्तर तथा नापतौल विभागले केही समय अगाडि पारित गरेको यो पाइपको मापदण्ड नेगुनं ५९५ चिह्न प्राप्तिको प्रक्रियामा रहेको समेत नेपाटपले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !
