फोनपे पेमेन्ट सर्भिसद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

फोनपे पेमेन्ट सर्भिसद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात
सुन्नुहोस्

काठमाडौँ : फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ। डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्तर्गत फोनपेले नेपालमा पहिलो पटक पूर्णरुपमा डिजिटल क्रेडिट कार्डको सुरुवात सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँगको सहकार्यमा सुरुवात गरेको हो। 

नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई  फोनपे कार्ड स्किमअन्तर्गत रही पूर्णरुपको डिजिटल क्रेडिट कार्ड आफ्नो मोबाइल बैंकिङ एप मार्फत उपलब्ध गराउन सक्नेछन्। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको छ। सिटिजन्स बैंकका ग्राहकहरुले यस क्रेडिट कार्डको सुविधा सिटिजन्स बैंकको मोबाइल बैंकिङ एप मार्फत लिन सक्ने जनाइएको छ।  

क्रेडिट कार्ड पुर्णरुपमा डिजिटल अनबोर्डिङ हुने तथा हाल फोनपे क्यूआरमा आबद्ध करिब १४ लाख व्यावसायीहरुको स्थानहरुमा निर्बाद रुपमा प्रयोग गर्न सकिने फोनपेले जनाएको छ।  फोनपेका सीईओ दिवस कुमारले भने, ‘हामीले नेपालमा भुक्तनीको नयाँ उपकरणको रूपमा फोनपे कार्ड स्किम प्रस्तुत गर्न पाउँदा उत्साहित छौं। यसको सजिलो पहुँच र बलियो सुरक्षा सुविधाहरूको साथ, यो सेवाद्वारा ग्राहकहरूले आफ्नो वित्तीय व्यवस्थापन र कारोबार सञ्चालन गर्ने तरिकालाई पुनः परिभाषित गर्ने विश्वास लिएका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.