लुम्बिनी सम्मेलनको शान्ति सन्देश उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण

लुम्बिनी सम्मेलनको शान्ति सन्देश उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण
सुन्नुहोस्

काठमाडौं : ‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नारासहित लुम्बिनीमा आयोजना भएको लुम्बिनी सम्मेलनले पारित गरेको शान्ति सन्देश आइतबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरिएको छ। 

गत ९ र १० चैतमा लुम्बिनीमा आयोजना भएको सम्मेलनले पारित गरेको सन्देशमा उपप्रधानमन्त्री श्रेष्ठ, परराष्ट्र सचिव सेवा लम्साल लगायत नेपालका कार्यरत सबै अवैतनिक वाणिज्यदूतले हस्ताक्षर गरेका हुन्।

लुम्बिनी शान्ति सन्देशको क्यानभासलाई अवैतनिक वाणिज्यदूतको संस्था अनररी कन्सुलर कर्पस नेपाल (एचसीसीएन)का अध्यक्ष विष्णु अग्रवालले उपप्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन्। 

एचसीसीएन नेतृत्व तथा परराष्ट्र मन्त्रालयका समन्वयमा आयोजित लुम्बिनी सम्मेलनले अन्तराष्ट्रिय शान्ति र समृद्धिका लागि विश्व समुदायलाई आह्वान गरेको छ। मानवीय शान्ति, विकास तथा सामूहिकताका लागि शान्ति अपरिहार्य रहेको सम्मेलनको ठहर छ।

हस्तान्तरण समारोहमा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको हित प्रवर्द्धन गर्ने खालका कार्यक्रमको आयोजना गर्न एचसीसीएनलाई आग्रह गरे। उनले सम्मेलनले विश्व शान्ति, नेपालमा लगानी प्रवर्द्धन तथा पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए।

कार्यक्रममा बोल्दै एचसीसीएनका डिन विष्णु अग्रवालले विश्व शान्तिको सन्देश दिन सम्मेलन सफल भएको बताए। उनले सहभागी कूटनीतिक प्रतिनिधिले सम्मेलन आयोजनाको समय र सन्देश दुवै सान्दर्भिक रहेको बताएको चर्चा गरे।

लुम्बिनी कन्क्लेभको अन्तमा जारी गरिएको सो सन्देशमा विश्वभाइचारा, सद्‌भाव र समृद्धिका लागि लुम्बिनीको विशेष महत्व रहेको उल्लेख गरिएको छ। विद्यमान विश्वमा रहेको अशान्ती, अन्यौल तथा द्वन्द्वलाई अन्त गर्न विश्व समुदायले आफ्नो प्रयासलाई सशक्त पार्न सम्मेलनले आह्वान गरेको छ।

बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, समृद्धिका लागि विश्व शान्तिको आवश्यकता, पर्यटन प्रवर्द्धन र नेपालमा विदेशी लगानी अभिवृद्धिमा सम्मेलनले महत्वपूर्ण योगदान गर्ने विश्वास एचसीसीएनले लिएको छ।

सम्मेलनमा ग्रिस, साइप्रस, आयरल्यान्ड, स्पेन, लात्भिया, कोस्टारिका, मरिसस, इन्डोनेसिया, मंगोलिया, सर्बिया, अस्ट्रिया, बुल्गेरिया र इस्टोनियाका साथै चेक रिपब्लिक, तान्जानिया, स्लोभेनिया, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानिया लगायत १९ वटा मुलुकका गैरआवासीय राजदूत सहभागी थिए। सम्मेलनमा सहभागी कैयन देशका कुटनीतिक प्रतिनिधीहरुले नेपाल पहिलो पटक भ्रमण गरेका थिए।

सम्मेलनमा नेपालमा कार्यरत ४५ देशका अवैतनिक वाणिज्यदूतहरू, परराष्ट्र मन्त्रालय, लगानी बोर्ड, नेपाल पर्यटनको उच्च अधिकारी लगायतका उपस्थिति थियो। सम्मेलनका क्रममा लगानी बोर्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको बिजनेस सेसनमा सहभागीलाई नेपालमा लगानी तथा पर्यटनका अवसर तथा छिटै आयोजना हुन लागेको नेपाल लगानी सम्मेलनका बारेमा जानकारी गराइएको थियो। 

बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, समृद्धिका लागि विश्व शान्तिको आवश्यकता, पर्यटन प्रवर्द्धन र नेपालमा विदेशी लगानी अभिवृद्धिमा सम्मेलनले महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ। लुम्बिनी सम्मेलनका दौरान कला प्रदर्शनी, परम्परागत नृत्य, लागनी तथा पर्यटन प्रवर्द्धनका विषयमा प्रस्तुति र छलफल भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.