अनरको फोल्डेबल फोन म्याजिक भी टु नेपालमा

अनरको फोल्डेबल फोन म्याजिक भी टु नेपालमा
सुन्नुहोस्

काठमाडौं : अनरको फोल्डेबल फोन म्याजिक भी टु नेपालमा भित्रिएको छ। विश्व इन्नोभेसन दिवसमा अनरले पातलो र हलुका फोल्डेबल अनर म्याजिक भी टु ल्याएको हो। 

अनरका लागि नेपालको अधिकारिक बिक्रेता सेलट्रोन नेपाल प्रालिले सबैभन्दा पातलो फोल्डेबल नेपालमा फोन ल्याउन पहल गरेको हो। 

HONOR Magic V2, Qualcomm Snapdragon 8 Gen 2 र Android 13 मा आधारित MagicOS 7.2 द्वारा सञ्चालित छ। यो (१६+५१२) जीबीको भेरियन्टमा आउँछ।  

HONOR Magic V2 पर्पल र भेगन लेदर भएको ब्ल्याक गरि दुइ सुन्दर रंगहरु  मा उपलब्ध छ जसको मूल्य (१६+५१२) जीबी को भेरिएन्टका लागि रु. २,३९,९९९/- तोकिएको छ भने आकर्षक अफरहरू र उपहारहरूसहित आजबाट देशभरी उपलब्ध गरिएको छ। लन्चिङ अफरहरू अर्ली बर्ड अफर, म्याजिक अफर र गो बियन्ड अफर गरि तीन प्रकारमा विभाजित छन्।  

ग्राहकहरूले यी तीन अफर मध्ये आफ्नो लागि उपयुक्त एउटा अफर छान्न सक्नेछन्। अर्ली बर्ड अफरमा HONOR X8b र HONOR Choice Earbuds X5 को निःशुल्क उपहार समावेश छ। म्याजिक अफरमा HONOR Watch4, HONOR Choice Earbuds X5 र YOYOSO भाउचर समावेश छ। 

त्यस्तै, गो बियन्ड अफरमा भेस्पाको छुट भौचर समावेश छ। ग्राहकहरूले यसलाई अफलाइन अधिकृत HONOR स्टोरहरू र Daraz र HUKUT जस्ता अनलाइन प्लेटफर्महरू मार्फत पनि किन्न सक्नेछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.