प्रस्तावित दुई निर्वाचन आयुक्तको संसदीय सुनुवाइ आज

प्रस्तावित दुई निर्वाचन आयुक्तको संसदीय सुनुवाइ आज
सुन्नुहोस्

काठमाडौं :प्रस्तावित दुई निर्वाचन आयुक्तहरूको संसदीय सुनुवाइ आज हुने भएको छ। त्यसका लागि मंगलबार बिहान ११:१५ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ।

यसअघि ५ साउनमा सिंहदरबारमा बसेको समिति बैठकले आयोगको दुई आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ साउन १२ गते गर्ने निर्णय गरेको थियो। प्रमुख निर्वाचन आयुक्तको संसदीय सुनुवाइ भने भोलि हुने भएको छ।

संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले निर्वाचन आयुक्त पदमा डा.राजीव सुब्बा र गुरुप्रसाद वाग्ले र प्रमुख निर्वाचन आयुक्त पदमा  मानबहादुर कार्कीलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.