धनगढीमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख
धनगढी: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले धनगढीस्थित आफ्नो आधिकारिक सोरुममा आयोजित विशेष समारोहबीच नयाँ प्रोटोन इ.मास ५ कम्प्याक्ट इलेक्ट्रिक एसयुभी सार्वजनिक गरेको छ।
नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा ल्याइएको इ.मास ५ ले सहरी जीवनशैली र दैनिक यात्रालाई अझ सहज, स्मार्ट र आधुनिक बनाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ। हालै मलेसियाको प्रतिष्ठित ‘Allianz DSF Vehicle of the Year Awards 2026’ मा ‘Electric Compact Vehicle of the Year 2026’ को उपाधि जित्न सफल प्रोटोन इ.मास ५ अत्याधुनिक प्रविधि र इन्टेलिजेन्ट डिजाइनको उत्कृष्ट संयोजन हो।
यसमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा उपलब्ध छ। साथै, ७० लिटरको फ्रन्ट ट्रङ्क (फ्रङ्क), ३७५ लिटरको विस्तारयोग्य पछाडिको लगेज कम्पार्टमेन्ट तथा ३२ वटा स्टोरेज कम्पार्टमेन्ट सहितको व्यावहारिक डिजाइनले दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म सहज अनुभव प्रदान गर्दछ। सार्वजनिकीकरण समारोहमा धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपाल हमाल, उपप्रमुख (उपमेयर) कन्दकला कुमारी राना, व्यावसायिक साझेदारहरू, सञ्चारकर्मीहरू, अटो पत्रकारहरू, इन्फ्लुएन्सरहरू तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त उपस्थितिले सुदूरपश्चिम प्रदेशमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षण र दिगो यातायातप्रतिको विश्वासलाई झल्काएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले भने, “प्रोटोनसँगको हाम्रो सफल साझेदारीलाई निरन्तरता दिँदै आज हामी सुदूरपश्चिमका ग्राहकहरूका लागि प्रोटोन इ.मास ५ सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौं। आधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा, व्यावहारिक उपयोगिता र आकर्षक मूल्यको संयोजनले इ.मास ५ यस क्षेत्रका ग्राहकहरूको रोजाइ बन्नेमा हामी विश्वस्त छौं। दिगो यातायाततर्फ नेपालको यात्रालाई थप गति दिँदै विश्वस्तरीय विद्युतीय सवारी नेपाली बजारमा उपलब्ध गराउन पाउनु हाम्रो लागि गर्वको विषय हो।”
मलेसियाको अग्रणी राष्ट्रिय अटोमोबाइल ब्रान्ड प्रोटोन ले सन् २०१७ देखि जिलीसँगको रणनीतिक साझेदारीमार्फत आफ्नो अन्तर्राष्ट्रिय विस्तारलाई तीव्र बनाउँदै आएको छ। हाल प्रोटोन इ.मास मलेसियाको अग्रणी विद्युतीय सवारी ब्रान्डका रूपमा स्थापित भइसकेको छ र नेपालसहित विभिन्न अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति निरन्तर विस्तार गरिरहेको छ।
प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। धनगढी क्षेत्रीय सार्वजनिककरणको विशेष अवसरमा जगदम्बा मोटर्सले प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य रु. २९.९९ लाख तथा प्रिमियम भेरियन्टको विशेष सुरुवाती मूल्य रु. ३४.९९ लाख घोषणा गरेको छ। कम्पनीका अनुसार यी विशेष मूल्यहरू पहिलो १०० ग्राहक तथा सीमित अवधिका लागि मात्र लागू हुनेछन्।
इच्छुक ग्राहकहरूले धनगढीस्थित प्रोटोन सोरुममा पुगेर नयाँ प्रोटोन इ.मास ५ को प्रत्यक्ष अवलोकन, टेस्ट ड्राइभ तथा यसको आधुनिक विशेषताहरू अनुभव गर्न सक्नेछन्। साथै, सीमित अवधिका लागि लागू हुने विशेष सुरुवाती मूल्यमा बुकिङसमेत खुला रहेको कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !