छोराले चलाएको मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु

छोराले चलाएको मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु
सुन्नुहोस्

सिमरा : बाराको सिम्रौनगढ नगरपालिका–६ स्थित पावर हाउस क्षेत्रमा बुधबार भएको मोटरसाइकल दुर्घटना परी गम्भीर घाइते एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीया सायबुन खातुन रहेकी छिन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी खातुनको बुधबार साँझ मृत्यु भएको हो । उनको टाउको र दाँतमा गम्भीर चोट लागेको थियो । प्रहरीका अनुसार सिम्रौनगढको पर्साटोलबाट इटवालतर्फ जाँदै गरेको बिआरएडी ५६४२ नम्बरको भारतीय मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकल उनका छोरा २५ वर्षीय तबरेज अन्सारीले चलाईरहेका थिए भने खातुन पछाडि सवार थिइन् ।

दुर्घटनामा छोरा अन्सारीलाई सामान्य चोटपटक समेत नलाग्दा आमा खातुन भने टाउकोको चोटका कारण गम्भीर घाइते भइन् । उनलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित एनएमसी अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचाररत खातुनको स्वास्थ्य अवस्था सुधार नभई जटिल बन्दै गएपछि आफन्तले एम्बुलेन्समा राखेर घरतर्फ ल्याउँदै गरेको अवस्थामा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । मृतकको शव घर ल्याईसकेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.