अन्नपूर्ण समाचार प्रभाव :

सर्पदंशबाट बालकको मृत्यु : प्रधानमन्त्री कार्यालयको चासोपछि रकम व्यवस्थापन, परिवारलाई शव बुझाइयो

सर्पदंशबाट बालकको मृत्यु : प्रधानमन्त्री कार्यालयको चासोपछि रकम व्यवस्थापन, परिवारलाई शव बुझाइयो
तस्बिर : राजकरण महतो
सुन्नुहोस्

बर्दिबास : सर्पदंशबाट मृत्यु भएपछि उपचार खर्च तिर्न नसक्दा अस्पतालमै रोकिएको बालकको शव अन्ततः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासो र स्थानीय तहको समन्वयपछि परिवारलाई बुझाइएको छ।

महोत्तरीको बर्दिबास नगरपालिका–१२, बिजलपुरा चल्कीका चन्दन कापरका छोरा ८ वर्षीय विवेक कापरलाई बुधबार साँझ घरछेउको अम्बाको रुखमा फल टिप्ने क्रममा विषालु सर्पले टोकेको थियो। परिवारले तत्काल उपचारका लागि बर्दिबास जनसेवा अस्पताल पुर्‍याए पनि भेन्टिलेटरमा उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको थियो।null

बर्दिबास नगरपालिका–१२ का वडा सदस्य रुपो देवी सदाका अनुसार सर्पको विष शरीरमा तीव्र रूपमा फैलिएकाले बालकको अवस्था अत्यन्त गम्भीर बनेको थियो। अस्पतालका बालरोग विशेषज्ञ डा. राकेश यादवले उपचारका क्रममा १० भाइल एन्टि–स्नेक भेनम प्रयोग गरिए पनि बालकलाई बचाउन नसकिएको बताए।

बालककी आमा अमृतदेवी कापरले भनिन्, “घरमै (अम्बा) टिप्ने क्रममा सर्पले टोकेको थियो। बचाउन सकिन्छ कि भनेर तुरुन्त अस्पताल ल्यायौं, तर मेरो छोरा फर्किएन।”उपचारमा करिब ६१ हजार रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ। आर्थिक अवस्था कमजोर भएकाले परिवारले रकम तिर्न नसक्दा केही समय शव अस्पतालमै रोकिएको थियो।

अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले घटनाप्रति चासो जनाएको थियो। त्यसपछि बर्दिबास नगरपालिका, अस्पताल र अन्य सरोकारवालाबीच समन्वय भएको हो।null

अस्पतालका सञ्चालक सुमन भुजेलका अनुसार अस्पतालले मानवीय आधारमा सुरुमै  २० हजार रुपैयाँ उपचार शुल्क छुट दिएको थियो । समाचार प्रकाशितपछि प्रधानमन्त्री कार्यालयबाट फोन आएको थियो । त्यसपछि थप उपचार खर्च स्थानीय सरकारबाट दिने प्रतिबद्ध आएको हो ।

उपचारको बाँकी ४१ हजार रुपैयाँ बर्दिबास नगरपालिकाले उपलब्ध गराउने नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले जानकारी दिए। नगरपालिकाको समन्वयपछि बर्दिबास सरकारी अस्पतालको शववाहनमार्फत बालकको शव परिवारलाई जिम्मा लगाइएको थियो।
 

यो पनि पढ्नुहोस

घटनापछि मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री सारदा थापा, बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीलगायत अस्पताल पुगेर पीडित परिवारसँग भेट गरेका थिए। स्थानीय सरोज कुमार महतोले यो घटनाले ग्रामीण क्षेत्रमा सर्पदंश अझै पनि ज्यानै जाने जोखिमका रूपमा रहेको यथार्थ उजागर गरेको बताए। वर्षायाममा सर्पको गतिविधि बढ्ने भएकाले विशेष गरी बालबालिकाको सुरक्षामा अभिभावकले थप सावधानी अपनाउनुपर्ने उनले आग्रह गरे।

यसैगरी, अस्पताल पुगेका स्थानीय पिताम्बर महतोले गरिबीका कारण उपचार खर्च तिर्न नसक्दा मृतकको शवसमेत अस्पतालमै रोकिनुपर्ने अवस्था दुःखद भएको उल्लेख गरे। उनले विपन्न परिवारका लागि प्रभावकारी उपचार सहायता कोष र आपत्कालीन सहयोग प्रणाली सरकारीस्तरबाट आवश्यक रहेको बताए।null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.