एनआईसी एसिया बैंकको सप्ताहव्यापी कार्यक्रम
काठमाडौं : एनआईसी एसिया बैंकले सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै २९औं वार्षिकोत्सव मनाएको छ। यसै अवसरमा बैंकले साउन महिनाको पहिलो सोमबार पारेर पशुपति मन्दिर दर्शन गर्ने भक्तजनहरूका लागि खानेपानी वितरण गरेको छ।
त्यसैगरी, बैंकले नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवासँगको सहकार्यमा बैंकको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा रक्तदान कार्यक्रम गरेको छ। उक्त रक्तदान कार्यक्रममा १ सय १ जना कर्मचारी तथा ग्राहकले रक्तदान गरेका थिए।
त्यसैगरी, बैंकले सातै प्रदेशका १३ विद्यालय र एक आ श्रममा सहयोग उपलब्ध गराएको छ। बैंकले कोशी प्रदेशमा ४, बागमती प्रदेशमा ४ र अन्य प्रदेशमा एकएक विद्यालयमा कम्प्युटर, फर्निचर, स्मार्ट बोर्ड, भवनको छाना ट्रस निर्माण, प्रोजेक्टर, वाटर प्युरिफायर, प्रिन्टर, झोला र शैक्षिक सामग्री सहयोग उपलब्ध गराएको छ।
त्यसैगरी, बैंकले सातै प्रदेशका सांस्कृतिक सम्पदाहरू, मन्दिर, विद्यालय तथा अन्य सार्वजनिक स्थलहरूको संरक्षण तथा प्रवद्र्धन गर्न सहयोग पु¥याउने उद्देश्यले सरसफाइ कार्यक्रम सञ्चालन गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !