रोकि राखेको ट्याक्टर आफै गुड्दा एक बालकको मृत्यु,अर्का एक घाइते

रोकि राखेको ट्याक्टर आफै गुड्दा एक बालकको मृत्यु,अर्का एक घाइते

काठमाडौं : प्युठान नौबहिनी गाउँपालिका–०५ डामृस्थित रोकी राखिएको ट्याक्टरमा खेल्ने क्रममा भएको दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

भे २ त २०१९ नम्बरको ट्याक्टरमा खेलिरहेका बेला ट्याक्टर एक्कासी ब्याक भई करिब ४०० मिटर तल खस्दा स्थानीय गंगा घर्ती मगरका ७ वर्षीय छोरा कुण्डन घर्ती गम्भीर घाइते भएका थिए । साथै, सोही स्थानका रिमबहादुर बुढाका ७ वर्षीय छोरा पारस बुढा पनि घाइते भएका थिए ।

दुवै बालकलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएकोमा बुधबार साँझ चिकित्सकले कुण्डन घर्तीको मृत्यु भएको घोषणा गरेका छन्। अर्का घाइते बुढालाई थप उपचारका लागि राति बुटवल रिफर गरिएको छ ।

ट्याक्टर चालक नौबहिनी गाउँपालिका–५ निवासी २१ वर्षीय विकास परियार र ट्याक्टर साहुलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.