दुई कारोबार दिनपछि सेयर बजार फेरि घट्यो, ४ अर्ब ४१ करोडको कारोबार

दुई कारोबार दिनपछि सेयर बजार फेरि घट्यो, ४ अर्ब ४१ करोडको कारोबार
सुन्नुहोस्

काठमाडौं : दुई कारोबार दिनपछि शुक्रबार सेयर बजारमा फेरि गिरावट आएको छ। यसदिन नेप्से परिसूचक ८.३० अंकले घटेर २६५३.४० विन्दुमा अडिएको छ। यसअघि बुधबार र बिहीबार दुई कारोबार दिन नेप्से परिसूचक वृद्धि भएको थियो। बुधबार ४४.५९ अंक र बिहीबार८.७८ अंकले वृद्धि भएको थियो। नेप्से घटेपनि कारोबार रकम भने बिहीबारको तुलनामा वृद्धि भएको छ। बिहीबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा यसदिन ४ अर्ब ४१ करोड मूल्य बराबरको कारोबार भयो।

आज ३४५ वटा स्क्रिप्सको ८५ लाख ८४ हजार  ४०१ कित्ता सेयर ४ अर्ब ४१ करोड २३ लाख ४० हजार ५३७ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १०३ वटा स्टक्सको मूल्य बढ्दा १६० वटाको घट्यो। १४ वटा स्टक्सको मूल्य स्थिर रह्यो।

दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सानीगाढ हाइड्रो र स्नो रिभर्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा कालिंगा हाइड्रोपावरको १५.९८ र नेपाल फाइनान्सको १४.९२ प्रतिशतले बढ्यो। अपर लोहरे खोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाए। उक्त हाइड्रोपावरको सेयर १३.६५ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा ४ प्रतिशत एग्रिकल्चरल बोण्ड शीर्ष स्थानमा रह्यो। सो कम्पनीले ४३ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।पाँच समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए।

डेभलपमेन्ट बैंक, फाइनान्स,हाइड्रोपावर,माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिएका हुन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.