भेनेजुएलामा भूकम्पको ८ दिनपछि भग्नावशेषबाट एक पुरुषको जीवितै उद्धार

भेनेजुएलामा भूकम्पको ८ दिनपछि भग्नावशेषबाट एक पुरुषको जीवितै उद्धार
सुन्नुहोस्

भेनेजुएला : भेनेजुएलामा गएको विनाशकारी जुम्ल्याहा भूकम्पको आठ दिनपछि एक पुरुषलाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ। १४० टनभन्दा बढी भग्नावशेषमुनि थुनिएका हेर्नान गिललाई उद्धारकर्ताहरूले चमत्कारिक रूपमा जीवितै बाहिर निकाल्न सफल भएका हुन्।

उनलाई पहिचान गरिएको १०० घण्टाभन्दा बढीको निरन्तर र जोखिमपूर्ण प्रयासपछि उद्धार गरिएको हो। चिलीका एक फायरफाइटरले यस अभियानलाई 'आफ्नो जीवनकै सबैभन्दा जटिल र प्राविधिक रूपमा कठिन उद्धार' भनी वर्णन गरेका छन्।

गत जुन २४ मा भेनेजुएलामा गएको भूकम्पमा परी हालसम्म झन्डै २,३०० जनाको मृत्यु भइसकेको छ भने दशौँ हजार अझै बेपत्ता छन्। भूकम्प जाँदा गिल 'गालेरियास प्लाया ग्रान्डे मल' को पार्किङ क्षेत्रको बेसमेन्टमा रहेको सानो कङ्क्रिटको सुरक्षा बुथभित्र डिउटीमा थिए। भवन भत्किँदा उक्त बलियो बुथले सुरक्षा कभचको काम गरेपछि उनी ठुलो दुर्घटनाबाट जोगिएका हुन्।

कोस्टा रिका रेडक्रसका एक उद्धारकर्ताका अनुसार गिलले आफूलाई 'एउटा नङमा समेत चोट नलगागी' सुरक्षित रहेको बताएका थिए। भग्नावशेषभित्रै उनलाई उचित भेन्टिलेसन, पानी र स्लाइनको व्यवस्था मिलाइएको थियो।

उनको उद्धारका लागि भेनेजुएला, चिली, कोस्टा रिका, एल साल्भाडोर, मेक्सिको, पोर्चुगल र संयुक्त राज्य अमेरिकाका विशेषज्ञ टोलीहरू चौबिसै घण्टा खटिएका थिए। खन्ने क्रममा कयौँ पटक सुरुङ मार्गहरू भत्किए पनि उद्धारकर्ताहरूले हार मानेनन्।

मेक्सिकन रेडक्रसका मार्को एन्टोनियो फ्रान्कोका अनुसार गिल निकै आत्मविश्वासी र हँसमुख प्रकृतिका व्यक्ति हुन्। उनले भग्नावशेषभित्रैबाट उद्धारकर्ताहरूसँग ठट्टा गर्ने र आफ्नो मनपर्ने फ्लेभरको हाइड्रेशन ड्रिंक समेत मागेका थिए।

पहिलो पटक अन्तर्राष्ट्रिय उद्धार कार्यमा आएका कोस्टा रिकाका प्यारामेडिक एलन म्याड्रिगलले आइतबार पहिलो पटक गिलको मधुरो आवाज सुनेका थिए। उनले भावुक हुँदै भने, 'यो मेरो जीवनकै सबैभन्दा अविस्मरणीय क्षण हो। यस घटनाले मलाई पूर्ण रूपमा परिवर्तन गरिदिएको छ।'


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.