ट्रम्पलाई ठूलो झट्का : जन्मसिद्ध नागरिकता कायम राख्न अमेरिकी सर्वोच्च अदालतको फैसला

ट्रम्पलाई ठूलो झट्का : जन्मसिद्ध नागरिकता कायम राख्न अमेरिकी सर्वोच्च अदालतको फैसला

अमेरिका : अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता (वर्थ सिटिजनसिप) सम्बन्धी संवैधानिक ग्यारेन्टीलाई कायम राख्दै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिलाई ठूलो झट्का दिएको छ । अदालतले अमेरिकी भूमिमा जन्मिने प्रायः सबै व्यक्तिहरू अमेरिकी नागरिक हुने अधिकारलाई पुष्टि गरेको छ र ट्रम्पको एक कार्यकारी आदेशलाई

अस्वीकार गरेको छ, जसले अवैध आप्रवासी तथा अस्थायी विदेशी बासिन्दाका सन्तानलाई स्वतः नागरिकता नदिने प्रयास गरेको थियो । बहुमतका तर्फबाट मुख्य न्यायाधीश जोन रोबट्र्सले लेख्दै उक्त आदेश अमेरिकी संविधानको १४औं संशोधनको उल्लंघन भएको बताए । रोबट्र्सले लेखेका छन्, ‘नागरिकता, त्यतिबेला र अहिले, अधिकारहरू प्राप्त गर्ने अधिकार हो—राजनीतिक समुदायमा स्वतन्त्र रूपमा सहभागी हुने अधिकार ।’

उनले थपे, स‌विधान निर्माताहरूले यो अधिकार‘“यस भूमिमा जन्मिने प्रत्येक स्वतन्त्र व्यक्तिलाई’ विस्तार गरेका थिए र आज हामी त्यो वाचा कायम राख्छौं ।’ यस निर्णयमा रोबट्र्ससँगै उदारवादी न्यायाधीश सोनिया सोटोमायोर, एलेना कागन र केतनजी ब्राउन ज्याक्सन तथा रूढिवादी न्यायाधीश एमी कोनी ब्यारेट पनि सहमत भएका थिए । अर्का रूढिवादी न्यायाधीश ब्रेट काभानफले निर्णयसँग आंशिक सहमति जनाउँदै कार्यकारी आदेश संविधानको होइन तर संघीय कानुनको उल्लंघन भएको तर्क गरे । तर क्लेरेन्स थोमस, स्यामुएल एलिटो र नील गोरसचले असहमति जनाउँदै फरक मत लेखे ।

अदालतको निर्णय लगभग १९४ पृष्ठ लामो थियो, जसमा करिब ९० पृष्ठ थोमसको असहमति थियोऔयो उनको कार्यकालकै सबैभन्दा लामो असहमति हो। ट्रम्पले यो निर्णयलाई ‘हाम्रो देशका लागि नराम्रो’ भनेका छन् तर संसदले यस विषयमा कानुन बनाउनुपर्ने सुझाव दिएका छन् । उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्दै कांग्रेसलाई ‘आजैदेखि महँगो र अन्यायपूर्ण जन्मसिद्ध नागरिकता अन्त्य गर्ने काम सुरु गर्न’ आग्रह गरे र आफ्नो पूर्ण समर्थन रहने बताए । नागरिक अधिकार समूह र डेमोक्र्याटहरूले भने यो निर्णयलाई स्वागत गरेका छन् ।

अमेरिकन सिभिल लिबर्टीज युनियनले यसलाई ‘महत्वपूर्ण विजय’ भन्दै संविधानले दिएको अधिकार पुनः पुष्टि भएको बतायो, ‘यदि तपाईं यहाँ जन्मिनु भएको छ भने तपाईं नागरिक हुनुहुन्छ ।’ यो मुद्दा आप्रवासन नीतिको केन्द्रमा लामो समयदेखि विवादित रहँदै आएको थियो । ट्रम्पले दोस्रो कार्यकालको पहिलो दिनमै एक आदेश जारी गर्दै जन्मसिद्ध नागरिकता सीमित गर्ने प्रयास गरेका थिए, जसले लाखौँ बच्चाहरूलाई असर पार्न सक्थ्यो ।

अदालतले ऐतिहासिक रूपमा १४औं संशोधन, दासप्रथा अन्त्यपछि नागरिकताको विस्तार र अमेरिकी कानुनी इतिहासलाई आधार बनाउँदै निर्णय गरेको हो । बहुमत निर्णयले स्पष्ट रूपमा भनेको छ कि अवैध वा अस्थायी रूपमा अमेरिका बस्ने आमा–बाबुका सन्तान पनि जन्मसाथ अमेरिकी नागरिक हुन्छन्। यससँगै अदालतले अमेरिकी नागरिकताको परिभाषा परिवर्तन गर्ने कार्यकारी प्रयासलाई अस्वीकार गर्दै पुरानो संवैधानिक व्याख्यालाई नै कायम राखेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.