दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं : फिफा विश्वकपमा सहआयोजक अमेरिका रहेको समूह ‘डी’को खेलमा शुक्रबार मध्यराति अमेरिकाले पहिलो चरणको अर्को विजेता अस्ट्रेलियासँग खेल्दैछ। अर्को खेलमा पराग्वे र टर्की आमने–सामने हुनेछन्। यो खेलमा दुवै टोली दबाबमा हुनेछन्। किनभने हारले दुवैको नकआउट चरणको आशा पर धकेलिने छ।

अमेरिकाविरुद्ध अस्ट्रेलिया

पराग्वेविरुद्ध अमेरिकाको जित प्रभावशाली थियो। प्रतियोगिताको पूर्वसन्ध्यामा मोउरिसियो पोचेटिनोको नेतृत्वमा रहेको टोलीमाथि प्रश्नहरू आइरहेको थिए। अमेरिकाले घरेलु मैदानमा अपेक्षाअनुरूप खेल्न सक्ला कि नसक्ला भन्ने टिप्पणी चलिरहेकै थिए। तर, लस एञ्जलसमा प्राप्त जितले अमेरिकी टोलीप्रति अपेक्षा उल्लेखनीय रुपमा बढाएको छ। अब त चर्चा टोली कति टाढासम्म पुग्न सक्छ भन्ने दिशातर्फ मोडिएको छ।

खेलको पहिलो सिट्टी बजेसँगै अमेरिका निकै नै आत्मविश्वास देखिएको थियो। पराग्वेको रक्षापंक्तिलाई दबाबमा पारिरहेको थियो। बालोगुनसम्म बल आइपुग्थ्यो, उनीहरू हरेक पटक खतरनाक देखिन्थे। रक्षापंक्तिमा पनि अमेरिका मजबुत देखिएको थियो। स्ट्राइकर फोलारिन बालोगुनले सबैको ध्यान आफूतिर तानेका थिए। ४–१ को जितमा बालोगुनले दुई गोल गरेका थिए। 

अस्ट्रेलियाले पनि अपेक्षाभन्दा माथिको खेल प्रस्तुत गरेको थियो। डार्क हर्सका रूपमा हेरिएको टर्कीविरुद्ध २–० को जित वास्तवमै आश्चर्यजनक थियो। टोनी पोपाभिकको नेतृत्वमा रहेको अस्ट्रेलियाले पूरा समय ‘डिफेन्सिभ अप्रोच’मा खेलेको थियो। टोलीको पोजेसन मात्र २८ प्रतिशत थियो।

टर्कीले अस्ट्रेलियाको पोस्ट्मा ३० प्रहार गरेको थियो। तर, अस्ट्रेलिया खेल अवधिभर अनुशासित रह्यो। पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका गोलरक्षक प्याट्रिक बिचले आठवटा प्रहारलाई विफल पारिदिएका थिए। खेलको अन्तिम समयमा नेस्टोरी इरानकुन्डा र कोनर मेटकाफको गोलमा अस्ट्रेलिया विजयी भएको थियो।

अस्ट्रेलियाले आत्मविश्वासी अमेरिकाविरुद्ध अर्को कठिन साँझ बिताउनेछ। अमेरिकाले पछिल्ला दुई भेटमा अस्ट्रेलियालाई हराएको छ। पछिल्लोपटक अमेरिकाले अक्टोबर २०२५ मा २–१ को विजयी हासिल गरेको थियो।

टर्की र पराग्वे

शनिबार बिहान अमेरिकाको सान फ्रान्सिस्कोमा टर्की र पराग्वे अत्याधिक दबाबमा हुनेछन्। नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन दुवैलाई जितको विकल्प छैन। टर्की बलियो लय र उच्च अपेक्षाका साथ अमेरिका पुगेको थियो। युरोपियन च्याम्पियनसिप २०२४ मा प्रभावशाली प्रदर्शन गरेको टर्की अमेरिकामा हेर्नलायक टोलीमध्ये एक हो। बल पोजेसनमा डोमिनेट गरेपनि अन्त्यमा आफूभन्दा कम फिफा वरीयताको अस्ट्रेलियासँग हार्नु पर्दा भिन्सेन्जो मोन्टेलाको टोली निराश बनेको थियो। दुई दर्जनभन्दा बढी प्रयासमा पनि गोल गर्न नसक्दा ठूलो मञ्चमा टर्कीले प्रदर्शन गर्न सक्दैन भन्ने चर्चा हुन थालेको छ।

टर्कीले समूहको अन्तिम खेलमा अमेरिकासँग खेल्नेछ। निश्चित छ, टर्कीविरुद्ध अमेरिका फेबरेट नै रहनेछ। त्यसैले पनि टर्कीलाई पराग्वेविरुद्ध तीन अंक अत्यावश्यक छ। गुस्ताफो अल्फारोको टोलीले ‘डिफेन्सिभ अर्गनाइजेसन’ र कन्सिस्टेन्सी’ले छनोट प्रतियोगितामा सफलता हासिल गरेको थियो। यसबीच टोलीले ब्राजिल र अर्जेन्टिनाजस्ता ठूला टोलीलाई हराएको थियो। अमेरिकाविरुद्धको पराजय विर्सनलायक रहे पनि टर्कीविरुद्ध पराग्वेले छनोट प्रतियोगिताको यात्रालाई प्रेरणाका स्रोतका रूपमा लिनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.