गर्मीमै पढ्नु पर्ने बाध्यता, छैनन् पंखा

गर्मीमै पढ्नु पर्ने बाध्यता, छैनन् पंखा
सुन्नुहोस्

रौतहट : तराई–मधेशमा बढ्दै गएको  गर्मीका कारण विशेषत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरु प्रभावित बन्न पुगेका छ्न । दिन प्रतिदिन बढ्दै गइरहेको तापक्रमले गर्मी बढेसँगै रौतहटको फतुवा विजयपुर नगरपालिका–३ स्थित आधारभूत विद्यालय मेवाका सयौं विद्यार्थी भने पंखाविहीन गर्मी कक्षाकोठामा अध्ययन गर्न बाध्य हुनु परेको छ । 

एकातिर गर्मीमा पढ्नु पर्ने बाध्यता त अर्कोतिर विद्यार्थीको अनुपातमा शिक्षकको संख्या न्यून हुनुका कारण विद्यार्थीको पठन पाठन प्रभावित बन्दै गएको अभिभावकहरु बताउँछन् । विद्यालयमा बाल शिक्षादेखि कक्षा ८ सम्म अध्ययनरत ५ सय ४२ विद्यार्थीहरु अध्ययन गर्ने  १२ वटै कक्षाकोठामा पंखाको व्यवस्था छैन । चार वर्षअघि निर्माण सम्पन्न भएको भवनमा अहिलेसम्म विद्युत् वायरिङ समेत नगरिएकाले पंखा जडान गर्न नसकिएको भन्दै विद्यालय प्रशासन आफू जिम्मेवारीबाट पन्छिने गरेको छ । 

nullगर्मीका कारण विद्यार्थी मात्र नभई  शिक्षक तथा कर्मचारी समेत असहज वातावरणमा काम गर्न बाध्य हुनु परेको स्थानीय समाजसेवी बीरेन्द्र यादब बताउँछन् । चर्को तापक्रमका कारण कक्षाकोठाभित्र लामो समय बस्न समस्या हुने गरेको भए पनि स्थानीय सरकारको ध्यान पुग्न नसक्दा पठनपाठन मा समस्या देखिन थालेको स्वयम् शिक्षकहरु बताउँछन् । 

‘भवन निर्माणकै क्रममा विद्युत् वायरिङ नगरिएकाले अहिले समस्या उत्पन्न भएको हो’, विद्यालयमा सरुवा भएर आएपछि वायरिङका लागि लागत अनुमान गराउँदा करिब १ लाख ५० हजार रुपैयाँ आवश्यक पर्ने देखिएको छ’, विद्यालयका प्रधानाध्यापक रामजनम महतो भन्छ्न, ‘विद्यालयको आफ्नै आम्दानीको स्रोत छैन । बजेट अभावका कारण वायरिङको काम अगाडि बढाउन नसक्दा गर्मीका कारण सबैले सास्ती खेप्नु परेको छ ।’

विद्यालयमा गर्मी र पूर्वाधार अभाव मात्र समस्या होइन, शिक्षकको कमी पनि देखिएको छ । ५ सय ४२ विद्यार्थी अध्ययनरत विद्यालयमा प्राथमिक तहका चार शिक्षक, एक निम्न माध्यमिक तहका अनुदान शिक्षक, एक बालविकास सहजकर्ता र एक कार्यालय सहयोगी मात्र कार्यरत छन् ।
यस आधारमा एक शिक्षकले औसतमा १ सय १० भन्दा बढी विद्यार्थीको जिम्मेवारी सम्हाल्नु पर्ने अवस्था छ । सरकारी मापदण्डअनुसार मधेश प्रदेशमा ४० विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने व्यवस्था भए पनि विद्यालयमा आवश्यक दरबन्दीको ठूलो अभाव रहेको देखिन्छ ।

nullशिक्षक कम हुँदा नियमित पठनपाठन, गृहकार्यको मूल्यांकन, विद्यार्थीको व्यक्तिगत सिकाइ अवस्थाको अनुगमन तथा कमजोर विद्यार्थीलाई अतिरिक्त सहयोग गर्न कठिन भइरहेको प्रधानाध्यापक महतोको भनाइ छ । कक्षाकोठा व्यवस्थापनदेखि विषयगत शिक्षणसम्ममा प्रत्यक्ष असर परेको उनी बताउँछन् । प्रधानाध्यापक महतोले शिक्षक दरबन्दी थप, निजी स्रोतका शिक्षक व्यवस्थापन, भवनमा वायरिङ तथा अन्य पूर्वाधार सुधारका लागि पटक–पटक नगरपालिकालाई आग्रह गरिएको भए पनि हालसम्म कुनै प्रभावकारी पहल नभएको गुनासो गरेका छन् ।

‘विद्यालयको वास्तविक आवश्यकता र समस्याबारे नगरपालिकालाई बारम्बार जानकारी गराएका छौं । तर समाधानका लागि ठोस कदम चालिएको देखिएको छैन’, उनले गुनासो गर्दै भने । संविधानले विद्यालय शिक्षाको व्यवस्थापन र सञ्चालनको महत्वपूर्ण जिम्मेवारी स्थानीय तहलाई दिएको वर्षौं बितिसक्दा पनि सयौं विद्यार्थी पंखाविहीन कक्षामा बसेर अध्ययन गर्न बाध्य हुनु, शिक्षक अभाव कायमै रहनु तथा आधारभूत पूर्वाधार समेत अधुरो रहनुले सामुदायिक शिक्षाप्रति सम्बन्धित निकायको प्राथमिकता र कार्यसम्पादनमाथि प्रश्न उठाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.