अन्नपूर्णको लक्की ड्रमा सिताले जितिन् वासिङ मेसिन
काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले देशभर सञ्चालन गरिरहेको हात खाली नजाने ‘जसले पढ्छ, अवश्य पर्छ’ वार्षिक ग्राहक योजनाको मासिक विजेता पुरानो नैकाप, काठमाडौंकी सिता अधिकारी बनेकी छिन्।
शुक्रवार तिनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्कको हेडक्वार्टरमा आयोजित मासिक लक्की ड्रबाट अन्नपूर्णको वार्षिक ग्राहक बनेकी रसिद न. १५४४/८२ रहेकी अधिकारी मासिक विजेता बनेकी हुन्। कार्यक्रमका प्रमुख अतिथि रहेका भारतीय मिडिया जि न्यूजका टेलिभिजनकर्मी गजेन्द्र सिंहले लक्की ड्रबाट विजेता घोषित गरेका थिए।
कार्यक्रममा देउडा गायिका निशा रावल, विभागीय प्रमुखहरू सहितले सहभागिता जनाएका थिए। मासिक विजेता बनेकी उनले वासिङ मेसिन उपहार पाउँछिन्। सिंहले तोकिएको लक्ष्य पुरा गरि ग्राहक योजनामा सर्वोत्कृष्ट कार्य गर्ने वितरण विभागका प्रमुख कृष्णभक्त श्रेष्ठ, कर्मचारी विनिता श्रेष्ठ र राजन खनाललाई विशेष सम्मान गरेका थिए।
‘यो लक्की ड्रसँगै हामीले देशभर सञ्चालन गरेको ‘जसले पढ्छ, अवश्य पर्छ’ वार्षिक ग्राहक योजना भव्य रूपमा सकिएको छ’ वितरण विभागका प्रमुख कृष्णभक्त श्रेष्ठले भने ‘यो ग्राहक योजनामा नयाँ पुराना गरि हजारौं पाठकहरू रोजाई अन्नपूर्ण बन्यो। ’ आर्थिक वर्ष २०८३/८४ लाई लक्षित गरेर अब फेरि नयाँ सोच र अवधारणा सहित आकर्षक ग्राहक योजना छिट्टै ल्याउने उनले बताए।
अन्नपूर्ण पोस्ट् र द अन्नपूर्ण एक्सप्रेसको ग्राहक नवीकरण गर्ने र नयाँ वार्षिक ग्राहक बन्ने पाठकले ग्राहक बन्नासाथ हातहातै उपहारै उपहार पाएका थिए। वार्षिक ग्राहक शुल्क अन्नपूर्ण पोस्टको तीन हजार चार सय रुपैयाँ र द अन्नपूर्ण एक्सप्रेसको पनि तीन हजार चार सय रुपैयाँ रहेको छ।
वार्षिक ग्राहक बन्नेले हातहातै वन्डरल्याण्डको १५ सय रुपैयाँको भौचर(जहाँ रोमाञ्चित खेलको मज्जा लिन सकिनेछ), साथै आईएनआई सिनेमाको मुभी भौचर पाए। त्यो नलिनेले नगद छुट पाएका छन्। जसमा नगद ५ सय देखि ३४ सय सम्मको नगद छुटको स्क्रयाच कार्ड साथसाथै आईएनआई सिनेमाको मुभी भौचर रहेको थियो।
त्यसैगरी साप्ताहिक लक्की ड्रबाट हरेक हप्ता ओपोको मोबाइल फोनसहित ट्याङकुलिटी स्पाको ५ हजारको भौचर पाएका थिए। पाक्षिक उपहारमा डिसहोम इन्टरनेटबाट एक वर्षको फुल १ सय एमबिपीएस्को इन्टरनेट प्याकेज, मासिक पुरस्कारमा वासिङ मेसिन सहित ट्याङकुलिटी स्पाको ५ हजारको भौचर रहेको छ।
प्रतिक्रिया दिनुहोस !