खेतमा खेलिरहेका बेला सर्पले डसेर १९ महिने बालकको मृत्यु

खेतमा खेलिरहेका बेला सर्पले डसेर १९ महिने बालकको मृत्यु
फाइल फोटो
सुन्नुहोस्

सिमरा : बाराको पचरौता नगरपालिका–४ बेल्दारीमा सर्पले डसेर १९ महिने बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय संजय रामका छोरा धनजय रहेका छन् । आमासँगै खेतमा गएका बालकलाई सर्पले डसेको र उपचारका लागि अस्पताल ल्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

घलेका अनुसार स्थानीय रवीन्द्र यादवको खेतमा ज्यालादारी गर्न गएकी आमा सोनापती देवीले बालकलाई समेत लिएर गएकी थिइन् । सोनापती खेतमा काम गरिरहेका बेला खेलिरहेका बालकलाई सर्पले डसेको प्रहरीको भनाई छ । घटना लगत्तै बालकलाई प्रादेशिक अस्पताल कलैया ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । बालकको शव परिवारले बुझेका छन् ।

बाराका प्रहरी प्रवक्ता घलेले गर्मीको समयमा सर्पदंशका घटना बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले बालबालिका एक्लै नछोड्न, खेतबारी, झाडी भएको स्थानमा काम गर्दा सावधानी अपनाउन, झुल लगाएर सुत्न, घर वरपर सफा राख्न अनुरोध गरेका छन् । घलेले सर्पदंश भएको अवस्थामा झारफुकमा नलागी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन समेत आग्रह गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.