साढे १९ लाख रुपैयाँ बढीको फर्सीको बिउ बरामद
काठमाडौं : सिरहाको बरियारपट्टी गाउँपालिका-२ बाट प्रहरीले साढे १९ लाख रुपैयाँ बढीको फर्सीको बिउ बरामद गरेको छ।
सोही ठाउँमा बस्ने हरिदेव दासको घरमा अवैध रूपमा नेपालबाट भारत तर्फ (निकासी) लैजानका लागि राखिएको फर्सीको बिउ बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालका अनुसार घरको प्यासेजमा लुकाई छिपाई राखेको फर्सीको बिउ ७० बोरा बरामद गरिएको हो। उक्त बिउको मूल्य १९ लाख ६० हजार रुपैयाँ रहेको उनले बताए।
आवश्यक कारबाहीका लागि भन्सार कार्यालय माडर सिरहामा बुझाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !