सगरमाथा शिखरमा ११ भारतीय महिला सुरक्षाकर्मी, भारत सरकारका गृहमन्त्रीले दिए वधाइ

बिहारका पूर्व मुख्यमन्त्री नितिशकुमारले पनि दिए वधाइ

सगरमाथा शिखरमा ११ भारतीय महिला सुरक्षाकर्मी, भारत सरकारका गृहमन्त्रीले दिए वधाइ
सुन्नुहोस्

ओखलढुङ्गा : नेपालतर्फको दक्षिणी रुट हुँदै ११ जना भारतीय महिला सुरक्षाकर्मीहरूले विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) को सफल आरोहण गरेर नयाँ इतिहास रचेका छन् । भारतको केन्द्रीय गृह मन्त्रालय मातहत रहेको भारत–तिब्बत सीमा पुलिस (आइटीबिपी) को इतिहासमै यो पहिलो पटक महिला मात्र सम्मिलित टोलीद्वारा गरिएको सगरमाथा आरोहण अभियान हो ।

nullभारत सरकारका गृहनन्त्री अमित शाहले सामाजिक सञ्जाल एक्समार्फत  बधाइ दिदै आरोहणको पुष्टी गरेका छन् । प्राप्त जानकारी अनुसार २१ मे २०२६ का दिन बिहान ६ः५२ बजे टोलीका पहिलो सदस्यले सगरमाथाको शिखरमा पाइला टेकेका थिए । त्यसको केही समयभित्रै आरोहण दलमा सहभागी सबै ११ जना महिला पर्वतारोहीहरू सफलतापूर्वक शिखरमा पुग्न सफल भएका थिए । अत्यधिक जोखिम र चुनौतीपूर्ण मौसमका बीच पनि टोलीका शतप्रतिशत सदस्यले शिखर चुम्नुलाई पर्वतारोहण क्षेत्रमा एउटा ठूलो र दुर्लभ उपलब्धिको रूपमा हेरिएको छ । 

भारतका गृहमन्त्री शाहले  सम्पूर्ण टोलीलाई बधाई दिँदै ‘नारी शक्ति’ (महिला सशक्तिकरण) र कठोर प्रशिक्षणको परिणाम भएको बताएका छन् । ‘दुर्गम हिमाली सीमा सुरक्षामा खटिने यी महिला ‘हिमवीर’ हरूको साहसले विश्वभरकै महिलाहरूलाई प्रेरित गर्ने’ जनाएका छन् ।

nullशिखरमा भारतको राष्ट्रिय झण्डा र आइटीबिपीको झण्डा फहराएपछि ११ जनाकै टोली अहिले सुरक्षित रूपमा तल्लो क्याम्पहरू हुँदै आधार शिविरतर्फ ओर्लिने क्रममा रहेको छन् । यसैबीच बिहारका पूर्व मुख्यमन्त्री नितिशकुमारले सफलतापूर्वक सगरमाथा आरोहण गर्ने सुरक्षा निकायका महिलाहरूलाई बधाई ज्ञापन गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरूको साहस र दृढ संकल्पको प्रशंसा गरेका छन् उनले लेखेका छन्, ‘आईटीबीपीका वीर महिला पर्वतारोहीहरूद्वारा माउन्ट एभरेष्ट (सगरमाथा) मा तिरंगा फहराउनु गौरवको विषय हो । यस एक्सपीडिसन (अभियान) का सबै ११ जना महिला पर्वतारोहीहरूलाई हार्दिक बधाई तथा शुभकामना । तपाईंहरूको साहस र दृढ संकल्प प्रशंसनीय छ ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.