धादिङमा ८० किलो क्रिष्टल जस्तो पदार्थसहित एक पक्राउ

धादिङमा ८० किलो क्रिष्टल जस्तो पदार्थसहित एक पक्राउ
सुन्नुहोस्

धादिङ : धादिङ प्रहरीले अवैध क्रिष्टल जस्तो देखिने ८० किलो पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको रुबीभ्याली गाउँपालिका–३ सेक्टर चौताराबाट धादिङबेंसीतर्फ अवैध पदार्थ ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी सेर्तुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उक्त पदार्थ बरामद गरेको हो ।

nullप्रहरीका अनुसार प्लास्टिकका चार वटा बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा अवैध क्रिष्टल जस्तो देखिने ८० किलो पदार्थ फेला परेको थियो । उक्त पदार्थसहित रुबीभ्याली गाउँपालिका–३ बस्ने ३५ वर्षीय फुन्चो तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद गरिएको पदार्थ स्थानीय व्यक्तिहरुको रोहबरमा रितपूर्वक मुचुल्का उठाई जिल्ला प्रहरी कार्यालय धादिङ ल्याइएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङसहित बरामद सामग्रीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी (डीएसपी )प्रकाश दाहालले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.