दोलखाको भीमेश्वरमा आगलागी, २ घर जलेर नष्ट
दोलखा : भिमेश्वर नगरपालिका वडा नम्बर ९ भण्डारे गाउँमा आगलागी भएको छ । सोमबार बेलुका भीमेश्वर नगरपालिका भण्डारेका दल बहादुर श्रेष्ठको भूकम्प प्रतिरोधात्मक घर र गाई–बाख्रा बाँध्ने कच्ची मतान घर गरी दुईवटा घरमा आगलागी भएको ल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
बेलुकी करिब ४ बजेतिर अचानक आगलागी सुरु भएको थियो। गलागीबाट घरभित्र रहेका सम्पूर्ण अन्नपात, भाँडाकुँडा, लत्ताकपडाका साथै करिब ४ तोला सुन र नगद २ लाख रुपैयाँ जलेको छ । प्रारम्भिक विवरण अनुसार घटनामा कुल २० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको अनुमान प्रहरीले गरेको छ । विद्युत सर्ट भई सल्किएको आगोले घर ध्वस्त बनाए पनि स्थानीय र प्रहरीको सक्रियतामा मानवीय क्षति हुनबाट रोकिएको छ।
प्रतिक्रिया दिनुहोस !