कपिलवस्तुको बनकसवासामा बस दुर्घटना, २६ यात्रु घाइते

कपिलवस्तुको बनकसवासामा बस दुर्घटना, २६ यात्रु घाइते

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसवासामा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गअन्तर्गत नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको बस बिहीबार राती करिब १२:३० बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ४३७६ नम्बरको बस आफैं अनियन्त्रित भई सडक छेउमा पल्टिँदा २६ जना घाइते भएका हुन्। घाइते मध्ये आठ जनाको अवस्था मध्यम र १८ जनाको अवस्था सामान्य रहेको टफिक ईनिस्पेक्टर राजन ढकाले बताए ।

दुर्घटनामा घाइते भएका १२ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेका छन्। बसमा चालकसहित ३७ जना सवार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.