सशस्त्रका हवल्दारलाई कुटपीट गरेको भन्दै गाउँपालिकाका उपाध्यक्ष चौधरी पक्राउ

सशस्त्रका हवल्दारलाई कुटपीट गरेको भन्दै गाउँपालिकाका उपाध्यक्ष चौधरी पक्राउ

कपिलवस्तु : सशस्त्र प्रहरीका एक जना वरिष्ठ हवल्दारलाई कुटपीट गरेको आरोपमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरीलाई प्रहरीेले पक्राउ गरेको छ । गाउँपालिका उपाध्यक्ष चौधरीले सशस्त्र प्रहरी बल विओपी हथिहवामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार भिमबहादुर चौधरीलाई नियमित ड्युटीमा खटिएका बेला कुटपीट गरेको प्रहरीले जनाएको छ । 

नेपाल भारत सीमा क्षेत्र अन्तर्गत शुद्धोधन गाउँपालिकाको सिवलवा नाकामा ड्युटीमा रहेका सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार भीमबहादुर चौधरीमाथि हातपात तथा कुटपीट गरेका उपाध्यक्ष चौधरीलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा मुद्दा प्रक्रिया अघि बढाएको जनाएको छ । 
प्रहरीले उपाध्यक्ष चौधरीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्याद लिई जिल्ला प्रहरी कार्यालय तौलिहवामा थुनामा राखी थप अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए ।  

सोमवार विहान एक अपरिचित व्यक्तिले भारतीय बजारबाट कम्वाईनमा प्रयोग हुने मोविललगायतका केही सामाग्री ल्याउँदै गर्दा सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार भीमबहादुरले चेकजाँच गर्दैगर्दा म उपाध्यक्ष होमप्रकाशको मान्छे हो, उपाध्यक्षसँग फोनमा कुरा गर भनेको अवस्था फोनमा कुरा गर्न नमानेपछि वरिष्ठ हवल्दार चौधरीले कुटाई खाएका हुन् ।

वरिष्ठ हवल्दार चौधरीले फोनमा कुरा गर्न नमानेको झोंकमा गाउँपालिकाको सरकारी गाडीमा आएका उपाध्यक्ष होम प्रकाशले वरिष्ठ हवल्दारलाई कुटपीट गरेको प्रहरीले जनाएको छ । उपाध्यक्ष होम प्रकाशले कुटपीट गरेको सिसिटीभी क्यामेरा फुटेज भाइरल भएको छ । पक्राउ परेका उपाध्यक्ष चौधरीले भने सीमा क्षेत्रमा सुरक्षाकर्मीले विभिन्न वहानामा स्थानीयलाई दुःख दिईरहेको बताएको आरोप लगाएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.