छत्रदेवमा आगलागी : घर जलेर नष्ट, भैंसी मर्यो
अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ काउछेकीमा शुक्रबार दिउँसो भएको आगलागीबाट एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ । गोठमा बाँधिएको एक भैंसी जलेर मरेको छ ।
स्थानीय ६२ वर्षीया धनकला कुमालको घर तथा गोठमा आगोलागी हुँदा घरभित्र रहेका सम्पूर्ण अन्नपात, लत्ताकपडा तथा दैनिक उपयोगका सामग्री पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवशबहादुर जिसीले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त घरमा धनकला कुमालका छोरा–बुहारी तथा जेठाजु बसोबास गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस !