बस र टिपरको ठक्करबाट २ जनाको मृत्यु
कपिलवस्तु : कपिलवस्तुको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका-९ जगदीशपुरको जर्लैया जाने चोकनिर लु २ ख ६४५५ टिपरको ठक्करबाट परीक्षा दिएर घर फर्किरहेकी ९ वर्षीया छात्रा आशिका खत्रीको मृत्यु भएको छ।
यसैगरी कृष्णनगरमा चन्द्रौटाबाट कृष्णनगर तर्फ जाँदै गरेको रा १ ख २१४२ नम्बरको बसको ठक्करबाट बुद्धभूमि नगरपालिका-१० का डिल्लीराम थारूको मृत्यु भएको हो प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !