दोलखामा आगलागीबाट ३ घर जलेर नष्ट
दोलखा : कालिञ्चोक गाउँपालिका–९, सुन्द्रावतीमा आगलागीबाट ३ वटा घर जलेर नष्ट भएका छन्। आगलागीबाट नन्दप्रसाद रेग्मी, मुकुन्द रेग्मी लगायतका स्थानीयको घर जलेका हुन्।
शुक्रबार दिउँसो नन्दप्रसादको घरबाट सल्केको आगोले ३ घर जलेर नष्ट भएको दोलखाका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए।
बस्तीमा आगो फैलिन नदिन स्थानीयको थप २ घर भत्काइएको छ। आगलागीबारे अनुसन्धान सुरु भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !