मुस्ताङ एयरको हेलिकोप्टर सकुशल फेला
दोलखा : सम्पर्कविहीन बनेको मुस्ताङ एयरको ९एन–एएनओ नम्बरको हेलिकोप्टर दोलखाको विगु गाउँपालिका-१ लप्ची गुम्बा क्षेत्रमा सकुसल फेला परेको छ।
काठमाडौंबाट दोलखाको लाप्चीका लागि आज बिहान १०:२५ मा उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो। खराब मौसमका कारण दिउँसो करिब साढे १ बजेदेखि हेलिकोप्टरसँग सम्पर्क टुटेको थियो। लुमनाङमा केही समय ल्यान्ड गरेर काठमाडौंका लागि उडेको केही मिनेटमै सम्पर्कविहीन भएको हेलिकोप्टर अहिले सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मनोजकुमार लामाले बताए।
उक्त हेलिकोप्टर बिहान ११ बजे दोलखाको विगु गाउँपालिका–१ लुमनाङबाट उडेको थियो। हेलिकोप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए। दोलखाको लुमनाङबाट उडेपछि केही समय सम्पर्क टुटेको हेलिकोप्टर लप्ची गुम्बामा सुरक्षित अवतरण भएको डीएसपी लामाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !