सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकोप्टर खोजिँदै
काठमाडौं : काठमाडौंबाट दोलखाको लाप्चीका लागि आज बिहान १०:२५ मा उडेको मुस्ताङ एयरको ९एन–एएनओ नम्बरको हेलिकोप्टरको खोजी कार्य भइरहेको छ।
उक्त हेलिकोप्टर बिहान ११ बजे दोलखाको लुमनाङमा ल्यान्ड गरेर उडेको केही मिनेटमै सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मनोजकुमार लामाले बताए।
हेलिकोप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए। दोलखाको लुमनाङबाट उडेपछि सम्पर्क टुटेको हेलिकोप्टर हालसम्म सम्पर्कमा नआएको डीएसपी लामाले जानकारी दिए। खोज तथा उद्धार कार्य जारी रहेको छ।
मौसम खराबीको कारण कठिनाइ भइरहेको छ। यद्यपि दुर्घटना क्षेत्रमा सेना पठाइ सकिएको सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आलेले बताए।
प्रतिक्रिया दिनुहोस !