कपिलवस्तुमा निषेधाज्ञा हट्यो
कपिलवस्तु : कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइएको छ। महाराजगंज नगरपालिकास्थित बरगदा गाउँमा रहेको एक मन्दिरमा मुस्लिम समुदायका केही युवाले तोडफोड गरेको विषयमा उत्पन्न विवाद चर्किदै गए पछि शनिबार दिउँसोदेखि लगाएको निषेधाज्ञा आजबाट हटाइएको हो ।
शनिबार,आइतबार र सोमबार तीन दिन लगाइएको निषेधाज्ञा मंगलबार बिहान ९ बजेबाट हटाइएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । निषेधाज्ञा हटेसँगै जिल्ला सदरमुकाम तौलिहवाको जनजीवन सामान्य बनेको छ । दुई दिनसम्म बन्द भएका तौलिहवा क्षेत्रका बैंक तथा वित्तिय संस्थाहरू र विद्यालय सुचारु भएका छन् । सबै क्षेत्रमा यातायातका साधनहरू सञ्चालनमा आएका छन्।
यसैबीच स्थानीय प्रशासनले धार्मिक सद्भाव विथोल्न खोजेको भन्दै १० जनालाई पक्राउ गरी मु्द्दा प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए । शनिबार स्थानीय प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा सुरक्षाकर्मी तर्फको गोली लागेर घाइते भएका ४ जनाको उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !