हावाहुरीका कारण सिन्धुलीमा दर्जनौं घरमा क्षति, विद्युत अवरुद्ध, कृषिबाली नष्ट {तस्वीरहरु}
सिन्धुली : सिन्धुलीमा सोमबार राति आएको हुरी बतासले दर्जनौं घरमा क्षति पुर्याएको छ । खास गरेर जिल्लाको सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका र कमलामाई नगरपालिकामा बढी क्षति भएको छ ।

सुनकोसी गाउँपालिकामा मात्र दर्जनौं घरको छाना उडाएको गाउँपलिकाकी अध्यक्ष दिपा बोहोरा दाहालको भनाई छ । हावाहुरीले रातको समयमा घरको छानो उडाउदा दर्जनौं परिवारको विचल्ली भएको छ ।

उता हावाहुरी र वर्षाका कारणा भएको क्षतिको विवरण संकलन भईरहेको प्रहरीको भनाई छ । जिल्लामा मानविय क्षति नभए पनि जिल्लाका विभिन्न भागमा विद्युत सेवा अवरुद्ध भएको छ । रूखहरू ढल्ला विद्युतको पोलहरू नै भाँचिएका छन् । विहानैदेखि विद्युत मर्मत थालिएको छ । सयौं विगाहमा लगाइएको मकैबाली, तरकारी तथा फलफूल खेतीमा हावाहुरी र असिनाले क्षति पुर्याएको छ ।





प्रतिक्रिया दिनुहोस !