विशेषज्ञ चिकित्सक अभावले सेवा प्रभावित

विशेषज्ञ चिकित्सक अभावले सेवा प्रभावित

अर्घाखाँची : अर्घाखाँची अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव हुँदा उपचार सेवा प्रभावित बनेको छ। अस्पतालमा ११ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हाल तीन जनामात्र विशेषज्ञ चिकित्सक कार्यरत रहेको अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए।

अस्पताल प्रदेश सरकार मातहत सञ्चालन हुँदै आएको भए पनि विशेषज्ञ चिकित्सकको स्थायी दरबन्दी स्वीकृत नहुँदा समस्या झन् जटिल बनेको अस्पतालका प्रमुख चिकित्सक तिवारीले बताए। पटक–पटक विशेषज्ञ चिकित्सकका लागि विज्ञापन खुलाइए पनि इच्छुक चिकित्सकले आवेदन नदिँदा पदहरू खाली नै रहेको छ। ‘दरबन्दी स्वीकृत नहुँदा र चिकित्सक आउन इच्छुक नहुँदा सेवा विस्तार गर्न कठिन भइरहेको छ,’ उनले भने।

विशेषज्ञ चिकित्सकको कमी भए पनि अस्पतालले उपलब्ध स्रोत–साधन प्रयोग गर्दै विभिन्न अत्याधुनिक स्वास्थ्य सेवा सञ्चालन गरिरहेको छ। अस्पतालमा अत्याधुनिक उपकरणमार्फत अधिकांश रोगको जाँच हुने ल्याब सेवा सञ्चालनमा रहेको छ। 

यहाँ थाइराइड परीक्षण, लिभर तथा किड्नी फङ्सन टेस्टसहित विभिन्न प्रकारका बायोकेमिकल परीक्षण नियमित रूपमा हुने गरेका छन्। त्यस्तै डिजिटल एक्स–रे, डप्लर अल्ट्रासाउन्ड, फिजियोथेरापी सेवा लगायतका सेवा पनि सञ्चालनमा छन्।

अस्पतालमा दैनिक ५० देखि ६० जनासम्म बिरामीले अल्ट्रासाउन्ड सेवा लिने गरेका छन्। पछिल्ला दिनमा उपचारका लागि आउने बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ। पहिले दैनिक एक सयदेखि एक सय ५० जनासम्म बिरामी ओपिडी सेवामा आउने गरेकामा अहिले यो संख्या बढेर दैनिक तीन सयभन्दा बढी पुगेको प्रमुख चिकित्सक उनको भनाइ छ। 

हाल अस्पतालमा एक जना मेडिकल सुपरिटेन्डेन्ट, दुई जना एमडीजीपी चिकित्सक र अन्य मेडिकल अफिसरहरूको टोलीले सेवा सञ्चालन गरिरहेका छन्। विशेषज्ञ चिकित्सक अभावका बाबजुद उपलब्ध जनशक्तिबाट सेवा प्रवाह भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.