अर्घाखाँचीमा वन डढेलो नियन्त्रण दस्ता

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण दस्ता
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीमा वन डढेलो सचेतना तथा व्यवस्थापन सप्ताह २०८२ को औपचारिक शुभारम्भ गरिएको छ। वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि योजनाबद्ध रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न थालिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले बताए। 

सप्ताहको अवसरमा वन डढेलो नियन्त्रण र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष वन डढेलो नियन्त्रण दस्ताको नियुक्ति गरिएको छ। डिभिजन वन कार्यालयको नेतृत्वमा गठन गरिएको उक्त दस्तामा १२ सदस्यीय टोली रहने व्यवस्था मिलाइएको छ। टोलीलाई आवश्यक उपकरण तथा मिनी दमकलसहित तयारी अवस्थामा राखिएको छ।

सूचना अधिकारी खड्काका अनुसार उक्त १२ सदस्यीय टोलीलाई जेठ मसान्तसम्म जिल्लाभर परिचालन गर्ने गरी व्यवस्थापन मिलाइएको छ। डढेलोको जोखिम बढी हुने समयलाई लक्षित गरी टोलीलाई विभिन्न वन क्षेत्रमा निगरानी तथा तत्काल नियन्त्रणका लागि खटाइने उनले जानकारी दिए।

वन डढेलोसम्बन्धी तथ्यांक संकलन र सूचना व्यवस्थापनलाई व्यवस्थित बनाउन नयाँ डिजिटल प्रणाली पनि सञ्चालनमा ल्याइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.