पाँच वर्षपछिको नेपाल

पाँच वर्षपछिको नेपाल

सबै सेवा अब मोबाइलमा छन् । सरकारी अड्डामा भिडभाड छैन । फाइल बोकेर हिँड्ने दिन गए ।

आँखा  खोल्दा संसार बदलिएको छ। बालेन्द्र शाह उर्फ बालेन नेतृत्वको सरकारले जादु देखाएको छ। जनतामा नयाँ आशा पलाएको छ। मानौं,यो एउटा सुन्दर बिहानी हो। नेपाल अब फेरिएको नयाँ देश हो। यहाँको माटोमा सुन फल्न थालेको छ। विकासको लहर गाउँगाउँमा पुगेको छ। यो दृश्य देख्दा मन उमंगले पुलकित हुन्छ। तराईबाटै हिमालहरू हाँसेका देखिन्छन्। हरियाली सडकका साथ नदीनालाले प्रगतिको गीत गाउँछन्। हाम्रो सपना अब विपना भएको छ। अब देश विकासको मार्गमा छ।

दृढ नेतृत्व, स्वर्ण बिहानी: बालेनले निर्वाचनमा दुईतिहाइ मत पाए। देशको युवा प्रधानमन्त्री भए। उनको अठोटले ठूलो परिवर्तन ल्यायो। सत्ताको बागडोर अब सुरक्षित छ। नीति र नियम अब स्पष्ट छन्। भ्रष्टाचार अब इतिहासको कथा भयो। विकासको गति निकै तीव्र छ। यो एउटा ठूलो फड्को हो। नेतृत्वले जनताको मन जितेको छ,जसरी जनताले दुईतिहाइ पुग्नेगरी मत दिएका थिए। काम गर्ने शैली निकै आधुनिक छ। समयको महत्व नेता,कर्मचारी र नागरिक सबैले बुझेका छन्। देशले नयाँ मोड लिएको छ। सबैतिर उत्साह र उमंग छाएको छ।

चिल्ला हरिया सडक, अत्याधुनिक सहर : सडकहरू अब निकै चिल्ला छन्,हरियाली उस्तै। धुलो र हिलो अब देखिँदैन। काठमाडौं अब सिंगापुर सहर झैं लाग्छ। ट्राफिक जामको समस्या अब छैन। मानिस सार्वजनिक सवारीमा पनि समयमै गन्तव्यमा पुग्छन्। सडकको इन्जिनियरिङ निकै उत्कृष्ट छ,‘इको–फ्रेन्डली रोडस्!’जताततै। सहरका कुनाकुना अब उज्याला छन्। आकाशे पुलहरू अनि अन्डर ग्राउन्ड पासहरू निकै भव्य छन्। फुटपाथहरू निकै फराकिला भएका छन्। हरियालीले सडकलाई बेहुली झैं सिँगारेको छ। यो दृश्य निकै लोभलाग्दो छ। सहर अब बस्न योग्य छ।

मेट्रो रेल, द्रुत यात्रा:  मेट्रो रेलले सहर जोडेको छ। यात्रा अब निकै सहज भएको छ। रेलको गति निकै तीव्र छ। सुविधा जापानको जस्तै स्तरीय छ। मानिसहरू रेलमा शान्तिका साथ बस्छन्, पढ्छन्। यो प्रविधिको एउटा ठूलो उपलब्धि हो। रेल्वे स्टेसनहरू निकै भव्य छन्। चीन र भारतलाई रेलले जोडेको छ। पूर्व–पश्चिम रेलले विकासमा सुनमा सुगन्ध थपेको छ। सबै काम स्वचालित रूपमा हुन्छन्। टिकट काट्ने झन्झट अब छैन, कार्ड सिस्टममा सबै अभ्यस्त। समयको बचत निकै भएको छ। यातायातमा यो एउटा क्रान्ति हो। जतासुकै जानोस्, यात्रा अब निकै रमाइलो छ।

कञ्चन जल, स्वच्छ वातावरण : बागमती होस् वा विष्णुमती,पानी अब कञ्चन छ। खोलाको गन्ध अब हराएको छ। माछासँगै मानिस पनि खोलामा पौडिरहेका देखिन्छन्। किनारमा पार्कहरू, तिनमा सुगन्धित फूलहरू फुलेका छन्। मानिसहरू किनारमा आनन्दले घुम्छन्,हिँड्छन् र रमाउँछन्। यो प्रकृतिको पुनर्जन्म जस्तै हो। वातावरण निकै स्वच्छ र शान्त छ। वायु प्रदूषण अब शून्य भएको छ। हिमालहरू सहरबाट पनि उस्तै प्रस्ट देखिन्छन्। चराहरूको चिरबिर आवाज सुन्न सकिन्छ। मानौं,सहर अब एउटा बगैंचा हो। सबैले शुद्ध हावा खान पाउँछन्।

डिजिटल सेवा, सुलभ प्रशासन : सबै सेवा अब मोबाइलमा छन्। सरकारी अड्डामा भिडभाड छैन। फाइल बोकेर हिँड्ने दिन गए। प्रविधिले सुशासनलाई बलियो बनाएको छ। नागरिकका काम मिनेटमै सम्पन्न हुन्छन्। हरेक नागरिक अब एउटा पारदर्शी प्रणालीमा अभ्यस्त छ। अनलाइनबाटै सबै कर तिरिन्छ। न्याय अब निकै सर्वसुलभ छ। प्रशासनले जनताको सेवा गर्छ। कुनै पनि काममा ढिलासुस्ती छैन। यो सुशासनको एउटा उत्कृष्ट नमुना हो। सहरहरू मात्र होइन, देश नै अब स्मार्ट भएको छ। देशका नागरिक उस्तै स्मार्ट !

विश्वस्तरीय शिक्षा, ज्ञानको केन्द्र : नेपाल अब एसियन मुलुकहरूको शिक्षाको केन्द्र हो। विश्व/विद्यालयहरू निकै आधुनिक भएका छन्। प्रयोगात्मक शिक्षा र अनुसन्धानलाई जोड दिइएको छ। विद्यार्थीहरू अब सिर्जनशील भएका छन्। हाम्रा विश्वविद्यालयहरू विश्वमै उत्कृष्ट छन्। मानौं,एक्काइसौं शताब्दी ज्ञान र अनुसन्धानको नयाँ युग हो। विदेशी विद्यार्थी यहाँ पढ्न आउँछन्। भाषा र संस्कृति निकै धनी छ नेपाल। मेधावी विद्यार्थीले उचित अवसर पाउँछन्। शिक्षा अब व्यापार होइन,सेवा हो। दक्ष जनशक्ति उत्पादन भइरहेका छन्। हो,देशको भविष्य अब उज्ज्वल छ।

आधुनिक स्वास्थ्य, दीर्घ जीवन : अस्पतालहरू अब सुविधासम्पन्न छन्। हरेक नागरिकको स्वास्थ्य बिमा छ। कुनै पनि उपचारका लागि अब विदेश जानै पर्दैन। चिकित्सकहरू निकै दक्ष, अनुभवी र दयालु पनि छन्। औषधिहरू अब निकै सुलभ छन्। जीवन अब सुरक्षितमात्र होइन, सम्मानित पनि बनेको छ। गाउँगाउँमा आधुनिक स्वास्थ्य केन्द्र छन्। प्रविधिको प्रयोगले उपचार सहज छ। एम्बुलेन्स सेवा निकै द्रुत छ। सरसफाइले रोगलाई टाढा राखेको छ। खानपिन र योगध्यानमा नागरिक पूर्णतः सचेत छन्। औसत आयु निकै बढेको छ। नागरिकहरू अब निकै स्वस्थ छन्।

युवा फिर्ती, राष्ट्रको गौरव : युवाहरू अब स्वदेश फर्कंदै छन्। खाडी र युरोप अब जाँदैनन्। अस्ट्रेलिया होस् वा अमेरिका, नेपाली घुम्नमात्र पुग्छन्। हो, समग्र विकासका कारण नेपालमै रमाएका छन्। आफ्नै माटोमा पसिना बगाएका छन्। उद्यमशीलताको नयाँ लहर आएको छ। देशको अर्थतन्त्र निकै बलियो छ। श्रमको सम्मान गर्ने संस्कार छ। विदेशी अनुभव देशमा प्रयोग हुन्छ। नयाँ कम्पनीहरू धमाधम खुल्दै छन्। रोजगारीको समस्या अब समाधान भयो। युवा जोसले देश निर्माण भयो। यो राष्ट्रको एउटा ठूलो गौरव हो। नेपाली हुनुमा अब गर्व छ हरेकलाई।

कृषि क्रान्ति, आत्मनिर्भर राष्ट्र :  खेतहरूमा अब आधुनिक मेसिन चल्छन्। सिँचाइको व्यवस्था निकै राम्रो छ। उत्पादनले विश्व बजारमा स्थान पायो। नेपाल अब पूर्ण आत्मनिर्भर बनेको छ। आयात कुन चरीको नाम हो ? थाहा छैन बरु निर्यात्ले देशको आयस्ता बढाएको छ। कृषकको अनुहारमा खुसी छाएको छ। अर्गानिक खेतीमा जोड दिइएको छ। बाँझो जमिन अब कतै छैन। फलफूल र तरकारीको निर्यात त झनै बढेको छ। कृषि अब सम्मानित पेसा बनिसकेको छ। चिस्यान केन्द्रहरू ठाउँठाउँमा छन्। बजारको व्यवस्था निकै व्यवस्थित
छ। माटोले अब सुन फलाउँछ।

पर्यटनको स्वर्ग, दिव्य छटा : पर्यटकको भिड अब गाउँगाउँमा छ। नेपाल संसारकै उत्कृष्ट गन्तव्य हो। पूर्वाधारहरू निकै बलियो भएका छन्। पाहुनालाई भगवान् झैं मानिन्छ। त्यो पुरानो विरासत फर्किएको छ। पर्यटनले देशलाई धनी बनाएको छ। प्रकृतिको सुन्दरताले सबैलाई लोभ्याउँछ। होमस्टे र होटल निकै स्तरीय छन्। पदयात्रा अब निकै सुरक्षित छ। साहसिक खेलको नयाँ केन्द्र पनि नेपाल बनेको छ। नेपाली संस्कृतिले विदेशीलाई चुम्बक जसरी तानिरहेछ। यो एउटा अनुपम अनुभव हो। मानौं,स्वर्गको टुक्रा अब नेपाल हो।

उद्योगको विकास, आर्थिक उन्नति : ठूला उद्योगहरूले रोजगारी दिएका छन्। उत्पादनले देशको नाम चम्काएको छ। निर्यातको दर निकै बढेको छ। आर्थिक उन्नतिले आकाश छोएको छ। कुल गार्हस्थ्य उत्पादन हिजोभन्दा दोब्बर छ। प्रतिव्यक्ति आय पनि दोब्बर भएको छ। स्वदेशी उत्पादनको प्रयोग धेरै छ। व्यापार घाटा अब शून्य छ। लगानीको वातावरण निकै राम्रो छ। कलकारखानाहरू चौबिसैघण्टा चल्छन्। बिजुलीको आपूर्ति निकै सहज र सस्तो छ। उद्योगीहरूलाई सरकारले प्रोत्साहन गर्छ। देश अब औद्योगिक युगमा छ। लाग्छ, आर्थिक शक्ति अब नेपाल हो।

सुरक्षा व्यवस्था, सभ्य समाज :  रातमा जोकोही निकै सुरक्षित हिँड्न सक्छ। सीसी क्यामेराले निगरानी गर्छ। प्रहरीहरू जनताको साथी भएका छन्। अपराधको दर निकै घटेको छ, शून्यतिर झर्दैछ। नागरिकहरूमा उच्च अनुशासन छ। समाज निकै सभ्य र शालीन छ। कानुनको पालना सबैले गर्छन्। कोही पनि कानुनभन्दा माथि छैन। न्याय ढिलो कतै पनि हुँदैन। मेलमिलापको संस्कृति निकै राम्रो छ। अरूप्रति सम्मान नदेखाउने कोही छैन। शान्ति र अमनचयन कायम छ। साँच्चै, यो एउटा उदाहरणीय समाज हो।

समान अवसर, न्यायपूर्ण देश : सबैले समान अवसर पाएका छन्। जात र धर्मको विभेद छैन। महिला र पुरुषबराबर छन्। अपांगता भएकाले पनि साथ र सम्मान पाएका छन्। सामाजिक न्यायले समाज जोडेको छ। गरिबीको रेखा अब हराएको छ। हरेक नागरिकको आफ्नै घर छ। आधारभूत आवश्यकता सबैलाई पुगेको छ। घरभित्रको ‘इन्टेरियर डेकोरेसन’ कल्पना गरेभन्दा उच्च छ। कसैले पनि भोकै बस्नु पर्दैन। राज्यले सबैको हेरचाह गर्छ। खुसी र सुखी नागरिक छन्।
मानौं, यो न्यायपूर्ण नयाँ नेपाल हो।

पाराडाइम सिफ्ट, महान् परिवर्तन : नेपाल अब साँच्चै स्वर्ग भएको छ। बालेन र रास्वपाको टिमको भिजनले देशलाई कायापलट गरेको छ। पुरानो सोच अब बाँकी छैन। नयाँ युगको सुरुवात भएको छ। यो एउटा महान् परिवर्तन हो। इतिहासले नयाँ पाना लेखेको छ। नेतासँग नागरिकको कुनै गुनासो छैन। हाम्रो देश अब गौरवमय छ। विकासको यो गति निकै गजब छ। क्यानडा र जापानजस्तै छ। सिंगापुरको जस्तो कडा नियम छ। अस्ट्रेलियाजस्तो खुलापन पनि छ। नेपाल अब विश्वको आकर्षक गन्तव्य बनेको छ।

अन्तिम गन्तव्य, उज्यालो भविष्य : सपना अब विपनामा बदलिएको छ। राणाकाल,पञ्चायतकाल र प्रजातन्त्रकाल,यी सयौं वर्षदेखि साँचेका र सोचेका सपना विपना बनेका हुन्। सबैको साथले देश बनेको हो। सचेत नागरिकको परिश्रमको फल आज देखिएको छ। अब कसैका अगाडि कसैले झुक्नु पर्दैन। नेपाली शिर विश्वभर सधैं उच्च रहने छ। किनकि नेपालको कूटनीति साँच्चै विश्वभर प्रसंशनीय छ। यो एउटा अटल सत्य हो। नेपाल अब समृद्धिको शिखरमा छ। आउने पुस्ताले सुख पाउनेछन्। बिदेसिएका सबै नेपाल फर्किएका छन्। योग्यता र क्षमताअनुसार काम पाएका छन्। यो हाम्रो साझा गौरव हो। हामीले गौरवशाली इतिहास बनायौं। देश अब सधैं उज्यालो रहनेछ। हो, आमजनताको चुनावी मतको माग हो यो कि अबको पाँच वर्षपछि नेपाल यस्तै हुनेछ।

गरिबीको रेखा अब हराएको छ। हरेक नागरिकको आफ्नै घर छ। आधारभूत आवश्यकता सबैलाई पुगेको छ। घरभित्रको ‘इन्टेरियर डेकोरेसन’कल्पना गरेभन्दा उच्च छ। कसैले पनि भोकै बस्नुपर्दैन। राज्यले सबैको हेरचाह गर्छ। खुसी र सुखी नागरिक छन्। मानौं, यो न्यायपूर्ण नयाँ नेपाल हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.