स्याङ्जामा साढे ५ हजार मत बदर

स्याङ्जामा साढे ५ हजार मत बदर
सुन्नुहोस्

स्याङ्जा : फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ स्याङ्जामा ४.१ प्रतिशत मत बदर भएको छ। संख्याका आधारमा ५ हजार ५७० मत बदर देखिएका छन्।

जिल्लामा २ लाख ४८ हजार ८१६ मतदाता छन्। दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १ लाख ३५ हजार ८७२ मत खसेको थियो। खसेको मतमध्ये १ लाख ३० हजार ३०२ मत सदर भएको निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिए। 
कार्यालय प्रमुख थापाका अनुसार क्षेत्र नम्बर १ मा २ हजार ९०८ मत र क्षेत्र नम्बर २ मा २ हजार ६६२ मत बदर भएको छ।

क्षेत्र १ मा १ लाख ३० हजार ८८६ मतदाता भए पनि ७० हजार ९४४ मत खसेको थियो। खसेका मतमध्ये ६८ हजार ३६ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ। यसैगरी, क्षेत्र २ मा  १ लाख १७ हजार ९३० मतदाता भएता पनि ६४ हजार ९२८ मत खसेको थियो। ती मतमध्ये ६२ हजार २६६ मत सदर थिए। 

बदर भएका मतपत्रमा एकभन्दा बढी चुनाव चिन्हमा छाप लगाइएको, स्वस्तिक छाप नलगाई ल्याप्चे लगाइएको, तोकिएको घेराभन्दा बाहिर छाप लगाउने जस्ता भेटिएका प्रमुख थापाले बताए। यसैगरी, समानुपातिकतर्फको भने मतगणना जारी छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.