अर्घाखाँचीमा समानुपतिक मतगणना सकियो, रास्वपा पहिलो
अर्घाखाँची : अर्घाखाँचीमा समानुपातिक मत गणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ । रास्वपाले प्रत्यक्ष भन्दा ४ हजार बढी बढी मत अर्थात ३९ हजार ५८ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ ३५ हजार २३ मत प्राप्त गरेको थियो ।
दोस्रोमा नेकपा एमालेले २० हजार ४ सय ५१, नेपाली कांग्रेसले १७ हजार ६ सय ५१, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ३ हजार ९ सय ७७, राष्ट्रिय जनमोर्चाले २३ सय ८८ र राप्रपाले ७ सय २५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताएका छन् ।
जिल्लामा १ लाख ७१ हजार ६ सय ५२ मतदाता रहेकोमा समानुपतिकतर्फ ८८ हजार ७ सय ३३ मत प्राप्त भएको थियो । जसमा २५ सय ७८ म तबदर भएका छन् । ८६ हजार १ सय ५५ मत सदर भएका थिए ।
प्रतिक्रिया दिनुहोस !