सुनचाँदी मूल्यमा उतारचढावको साता

सुनचाँदी मूल्यमा उतारचढावको साता

काठमाडौं : यस साता सुनचाँदीको मूल्यमा ठूलो उतारचढाव भएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ थियो। 

सोमबार ५ हजार ६ सयले बढेर ३ लाख २६ हजार १ सय रुपैयाँ पुग्यो। मंगलबार तोलामा २ हजार ५ सयले बढेर सुनको मूल्य ३ लाख २८ हजार रुपैयाँ पुग्यो। तर, त्यसपछि भने सुनको मूल्यमा उच्च गिरावट आउन थालेको देखिन्छ। बुधबार एकैदिन तोलामा ११ हजारले घटेर सुनको मूल्य ३ लाख १७ हजार ६ सय रुपैयाँमा आयो। त्यसको भोलिपल्ट पनि घट्ने क्रम रोकिएन। शुक्रबार ४ हजार २ सयले घटेर सुन तोलाको ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, आइतबार चाँदीको भाउ प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। भोलिपल्ट बढे पनि त्यसपछि घट्न थालेको थियो। महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ५ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। 

सुनको भाउ एक महिना पहिले माघ २२ गते प्रतितोला २ लाख ९५ हजार २ सय र चाँदी ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो। डलरको एक्सचेन्ज रेट र सुनको मूल्य परस्परविपरीत हुने गर्छ। तर, बिहीबार एक डलरको मूल्य १ सय ४७ रुपैयाँ भएको थियो। शुक्रबार १ सय ४६.२७ रुपैयाँ हुँदा सुनको मूल्यमा ४ हजार २ सय रुपैयाँले गिरावट आयो। अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य प्रतिऔंस ५ हजार १ सय ६९ डलरमा कारोबार भएकोमा शुक्रबार ५ हजार १ सय ४४ डलरमा भएको थियो। त्यसैगरी, चाँदीको मूल्य अघिल्लो दिन प्रतिऔंस ८४ डलरमा कारोबार भएको थियो। शुक्रबार ८६ डलरमा भयो। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रायः सुनचाँदीको मूल्य बढ्नुको कारण भूराजनीतिक तनाव र सुनको भण्डारण बढ्नु नै हो। अमेरिका–इरान युद्धका कारण पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने देखिन्छ। अर्कोतिर रुस–युक्रेन युद्धले अमेरिका–चीन तनाव र विश्वव्यापी मन्दीको प्रभाव पनि सुनचाँदीको मूल्यमा पर्दै आएको छ। सुन–चाँदी यूएईबाट हवाईमार्गबाट ल्याउने गरिएकामा अमेरिका–इरान द्वन्द्वका कारण कहिलेसम्म सुनको आयात रोकिने निश्चित छैन। 

आर्थिक अस्थिरता देखिएपछि लगानीकर्ताहरूले सुनमा लगानी बढाउने गरेका छन्। अमेरिकी डलरको मूल्य बढ्न थाल्दा सुनको मूल्य घट्न थालेको छ। त्यसको प्रभाव नेपाली बजारमा पर्दा बुधबार एकैदिन तोलामा ११ हजार रुपैयाँले घटेको थियो। अर्कोतिर भारतीय रुपैयाँको तुलनामा डलर बलियो भएपछि नेपाली र भारतीय मुद्रा स्थिर विनिमय दर रहेको हुँदा त्यसले प्रभावले सुनचाँदीको मूल्यमा असर पर्ने नै भयो। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विदेशी लगानीकर्ताले भारतमा गरेको लगानी फिर्ता लगिरहेका छन्। त्यसले गर्दा भारु कमजोर र डलर बलियो बनेको छ। त्यसले गर्दा नेपाली मुद्रा पनि कमजोर हुन गएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.