प्रहरीमाथि आक्रमण भएपछि कैलालीमा चल्यो गोली: ६ राउण्ड हवाई फायर, १२ जना पक्राउ
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ कैलाली गाउँमा मंगलबार भएको झडपमा परि २ जना प्रहरी घाईते भएका छन ।
वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक बलराम पाण्डे र वडा नम्बर १३ को जनता मावि मतदान केन्द्रमा ड्युटी खटिएका प्रहरी सहायक निरिक्षक डबल बहादुर साउद घाईते भएका हुन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक नरेन्द्र बहादुर चन्दले दिएको जानकारी अनुसार मंगलबार अपरान्ह कैलालीगाउँका २ समुहबीच झडप भईरहेको खबर आएपछि प्रहरी निरिक्षक सहित नजिकै रहेको जनता मावि मतदान केन्द्रका प्रहरी सुरक्षाकर्मीहरु घटनास्थल पुगेका थिए ।
दुबै समुहबाट प्रहरीमाथि नै आक्रमण भएपछि प्रहरीले ६ राउण्ड हवाईफायर समेत गरेको थियो । ‘घटनास्थल पुगेको प्रहरी माथि नै आक्रमण गरेपछि प्रहरीले ६ राउण्ड हवाईफायर गरेको थियो । घटनामा संलग्न १२ जनालाई पक्राउ गरिएको छ । सोधपुछ गरेर अनुसन्धान भईरहेको छ’ प्रहरी उपरिक्षक चन्दले भने ।
घाईते प्रहरी निरक्षक पाण्डेको हात, तिघ्रामा चोट लागेको छ भने असई साउदको टाउँकोमा गम्भिर चोट लागेको छ । प्रहरी निरिक्षक पाण्डे उपचार पछि डयुटीमा फर्किसकेका छन भने असई साउदको अस्पताल भर्ना गरि उपचार भईरहेको छ । झडप भएको पक्षका पनि केही घाईते भएका तर प्रहरी माथि नै आक्रमण भएपछि उनीहरुको विवरण भने आउन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस !