रास्वपा धनकुटाको सभापतिमा भुवन थापा
धनकुटा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनकुटाको प्रथम जिल्ला अधिवेशनले भुवन थापाको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ। धनकुटा नगरपालिका–५ स्थित एक होटलको सभाहलमा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा नारद कटुवाल, सचिवमा आशिष तामाङ तथा सहसचिवमा सिराज जोशी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा फडिन्द्र थापा, प्रेमबहादुर कार्की, विमला गहतराज, मनोज खड्का र पुनम गिरी राणा रहेका छन्।
अधिवेशनले पार्टी संगठनलाई जिल्लाभर थप सुदृढ र प्रभावकारी बनाउने लक्ष्यसहित नयाँ नेतृत्व चयन गरेको जनाएको छ। नवनिर्वाचित सभापति थापाले पार्टीको संगठन विस्तार, जनसरोकारका मुद्दाको उठान तथा सुशासन र विकासका पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस !