कञ्चनपुर–२ : कांग्रेस–एमालेको पकड तोड्ने दौडमा रास्वपा र नेकपा

कञ्चनपुर–२ : कांग्रेस–एमालेको पकड तोड्ने दौडमा रास्वपा र नेकपा
तस्बिर : अन्नपूर्ण

महेन्द्रनगर : प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा कञ्चनपुर क्षेत्र नम्बर–२ मा पनि चुनावी सरगर्मी बढेको छ ।
आ–आफ्नो पक्षमा मत तान्न उम्मेदवारहरुले मतदाता भेटघाट तीब्र बनाएका छन् । २०४८ सालको निर्वाचनयता यो क्षेत्रमा चार पटक नेपाली कांग्रेस र दुई पटक एमालेले निर्वाचन जितेको छ ।

यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को पनि सक्रियता यस क्षेत्रमा बढ्दो छ । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा यो क्षेत्र सर्वाधिक चासोका साथ हेरिएको क्षेत्र हो । यो क्षेत्रबाट नेपाली कांग्रेसका नेता एंव पूर्वमन्त्री एनपी साउद चुनावी मैदानमा छन् ।

एमालेले युवा उम्मेदवार बचनबहादुर सिंहलाई मैदानमा उत्रारेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि युवा उम्मेदवार माधव पन्तलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका विश्वास पात्र दिपक बोहरा यसै क्षेत्रबाट उम्मेदवार बनेका छन् । यसकारण पनि यो क्षेत्रको निर्वाचनलाई चासोका साथ हेरिएको छ । यसअघि यो क्षेत्रबाट निर्वाचन जित्दै आएका कांग्रेसका साउदलाई यस पटक सहज छैन । उनलाई रास्वपा, एमाले र नेकपाका उम्मेदवारले चुनौती दिएका छन् । 

साउद यस पटकको निर्वाचनमा जित हासिल गरेर आफ्नो दबदबा कायम राख्न चाहन्छ भने एमालेलाई गुमेको साख फिर्ता ल्याउनुपर्ने चुनौती छ । नेकपा र रास्वपा पनि दुई ठुला दलहरुलाई पराजित गर्दै यस क्षेत्रमा आफ्नो पडक कायम राख्न चाहन्छ । यस पटकको निर्वाचनमा कांग्रेस एमालेको प्रतिष्ठाको लडाइमा वैकल्पिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मैदानमा छन् । 

२०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसका तारिणीदत्त चटौत यस क्षेत्रबाट निर्वाचित भएका थिए । २०५१ को निर्वाचनमा भने नेकपा कांग्रेसका चटौतलाई पराजित गर्दै एमालेका भोजराज जोशी विजयी भए । जोशीले ११ हजार ८६३ मत ल्याउँदा नेपाली कांग्रेसका चटौतले ७ हजार २०२ मत ल्याएका थिए । त्यसबेला यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो शक्ति भएको थियो ।

राप्रपाका उम्मेदवार विनोद विष्टले ५ हजार २६० मत ल्याएका थिए । २०५६ को निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो विरासत जोगायो । उक्त निर्वाचनमा नेपाली कांग्रेसका तारिणीदत्त चटौतले १३ हजार १०९ मत ल्याएर विजयी भए । चटौतसँग प्रतिष्पर्धा गरेका नेकपा एमालेका उम्मेदवार चन्द्रलाल चौधरीले १० हजार २८२ मत ल्याएर पराजित भएका थिए । २०६४ मा नेकपा माओवादीका उम्मेदवार देवीलाल चौधरी १८ हजार २८४ मत ल्याएर निर्वाचित भएका थिए ।

उनीसँग नेपाली कांग्रेसका एनपी साउद पराजित भएका थिए । २०७० मा भने कांग्रेसले फेरि आफ्नो विरासत जोगायो ।  नेपाली कांग्रेसका एनपी साउद १३ हजार ४१५ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिष्पर्धी नेकपाका तारालामा तामाङ ९ हजार ६७६ मत ल्याएर थिए । 

२०७४ सालको निर्वाचनमा कांग्रेसका एनपी साउद ८ हजार ३२७ मतान्तरले पराजित भएका थिए । त्यतिबेला एमालेका उम्मेदवार नरबहादुर धामी माओवादी संगको गठबन्धनको सहयोगमा ३३ हजार २२० मत प्राप्त ल्याएर विजयी भएका थिए । उक्त निर्वाचनमा यस क्षेत्रमा एमालेले २० वर्षपछि जीत निकाल्न सफल भएको थियो ।

२०७९ को निर्वाचनमा नेपाली कांग्रेसले अघिल्लो हारको बदला लिदै विरासत जोगायो । यस क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद विजयी भएका थिए । साउदले २८ हजार १०० मत प्राप्त गरेका गर्दा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मात प्राप्त गरेका थिए । 

कांग्रेसका उम्मेदवार साउद आफ्नो जीतलाई निरन्तरता दिएर यस क्षेत्रमा दबदबा कायम राख्न चाहान्छन् भने एमालेले नयाँ उम्मेदवार मैदानमा उतारेर कांग्रेससंग अघिल्लो निर्वाचनको बदला लिने दाउमा छ । रास्वपा पुराना दलहरुप्रतिको बितृष्णाको फाइदा उठाएर जीत निकाल्ने गरी मैदानमा उत्रिएको छ ।

नेकपामा उम्मेदवार पन्तको प्रभाव पनि यो क्षेत्रमा राम्रो देख्निछ । यो क्षेत्रमा विगतको जस्तो सजह छैन । नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदले यहाँको पूर्वाधार विकास, सिचाँइ, नदी नियन्त्रण र आरक्ष विस्थापितको पुनः स्थापना गर्ने मुख्य एजेण्डाका अघि सारेका छन् ।

‘शुक्लाफाँटा आरक्ष पीडितको पुनः स्थापनाका लागि प्रतिनिधिसभाबाट वन ऐन संशोधन गरेका थियौँ’, साउँदले भने, ‘राष्ट्रिय सभाबाट पास गरी कार्यान्वयनको चरणमा जाने प्रक्रियामा थियो, जेनजी आन्दोलन पुरा हुन पाएन ।’ उनले पूर्व पश्चिम राजमार्ग विस्तार, छेला औद्योगिक क्षेत्र सञ्चालन र सर्वशुलभ सिचाँइ उपलब्ध गराउने प्रतिवद्धता गरेका छन् ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधव पन्तले यो क्षेत्र निकै सम्भावना भएको क्षेत्र भएकाले यसको विकास गरेर रोजगारी सिर्जना गर्न सकिने बताए । ‘यहाँ कृषि र पर्यटनका थुप्रै सम्भावना छन् यी सम्भावनाको विकास गरेर रोजगारी सिर्जना गर्न सकिन्छ’, उनले भने, ‘यहाँका दशकदेखिका तमाम समस्याहरु छन् ती समस्या पुरा गर्ने हाम्रो दायित्व छ ।’ उनले आर्थिक समृद्धि र शुसासन कायम राख्न आफ्नो पहल रहने बताए । 

नेकपा एमालेका उम्मेदवार बचनबहादुर सिंहले यहि क्षेत्रमा रोजगारी सिर्जना गरेर विदेश पलायन भइरहेका युवाहरु रोक्नका लागि काम गर्ने बताए । ‘यहाँका विविध समस्या सधैका लागि अत्य गर्नका लागि मेरो उम्मेदवारी हो’, सिंहले भने, ‘यहाँ समस्या मात्रै नभइ थुप्रै सम्भावना भएकाले स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.