जाजरकोटमा आइपुग्यो मतपत्र

जाजरकोटमा आइपुग्यो मतपत्र
सुन्नुहोस्

जाजरकोट : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जाजरकोटमा मतपत्र आइपुगेको छ । जिल्ला निर्वाचन कार्यालय जाजरकोटका अनुसार प्रत्यक्षतर्फ एक लाख १५ हजार र समानुपातिकतर्फ एक लाख १८ हजार मतपत्र जिल्लामा प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनका लागि आवश्यक मतपत्र सुरक्षित रूपमा ल्याएर व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ । जिल्लामा कुल एक लाख ७ हजार ९३ मतदाता रहेका छन् । मतदाताको सङ्ख्यालाई आधार मानी आवश्यकताभन्दा केही बढी मतपत्र पठाइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए ।

जिल्लामा प्रतिनिधि सभा सदस्य पदका लागि ११ राजनीतिक दल चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सम्पूर्ण तयारी तीव्र पारिएको कार्यालयले जनाएको छ ।

फागुन २१ गते हुने मतदानका लागि मतदान केन्द्रको व्यवस्थापन, कर्मचारी खटाउने तथा सुरक्षा प्रबन्धका कामहरू अन्तिम चरणमा पुगेका छन् । जिल्ला निर्वाचन कार्यालयले मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.