पर्यटनको सेतु बाँके राष्ट्रिय निकुञ्ज

पर्यटनको सेतु बाँके राष्ट्रिय निकुञ्ज
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके जिल्लामा अवस्थित बाँके राष्ट्रिय निकुञ्ज। तस्बिर : यादव आचार्य

गुलरिया : पश्चिम तराईको मध्यमार्गमा अवस्थित बाँके राष्ट्रिय निकुञ्जमा अवलोकन गर्न आउने पर्यटकको संख्या बढेको छ। बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको चुरेको काखमा अवस्थित बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघ, मृग प्रजाति, चरासँगै प्राकृतिक सौन्दर्य अवलोकन गर्न पाइने भएपछि पश्चिम नेपालकै पर्यटनको सेतु बनेको हो।

बाँके रािष्ट्रय निकुञ्जमा गत वर्ष ५ सय ८३ नेपाली, सार्क ३० र विदेशी ७ जना गरी ६ सय २० पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए। गत वर्षको श्रावणदेखि पुस मसान्तसम्म नेपाली २ सय ३४, सार्क १८ र विदेशी ७ जना गरी ३ सय ३६ जनाले निकुञ्ज अवलोकन गरेका थिए। चालु आर्थिक वर्षको श्रावणदेखि माघ ४ सम्म नेपाली ४ सय २६, सार्क ७६ र विदेशी ७ जना गरी कुल ७ सय ६५ जनाले निकुञ्ज अवलोकन गरेको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए।

निकुञ्जमा सोही अवधिमा ३० जनाले जिप सफारी गरेका छन्। पर्यटक बढ्न थालेसँगै चालु वर्षको हालसम्म निकुञ्जले २ लाख ९ हजार २ सय रूपैयाँ राजस्वसमेत आम्दानी गरेको छ। निकुञ्ज अवलोकनसँगै समुदायमा रहेको विविधतायुक्त थारु संस्कृति, सल्यानको मयूर नाच, टप्पा नाच र सोरही नृत्यले जोकोही पर्यटकको मन लोभ्याउने गरेको छ। मिश्रित परिकार पनि पर्यटकको मन रोजाइमा पर्छ। निकुञ्जमा २५ पाटेबाघ, जंगली हात्तीहरू, दुर्लभ राजधनेश, ब्लाक नेक स्टोर्कलगायत ३ सय भन्दा बढी प्रजातिका चरा, ठूलो संख्यामा चौका, घडीयाल, अजिंगर तथा सुनगोहोरो सहजै अवलोकन गर्न पाइन्छ। निकुञ्जभित्र पर्यटकका लागि बाह्रै महिना चल्ने सडकहरू, पुलपुलेसा, लुप, मचानलगायत भौतिक पूर्वाधारहरू निर्माण गरिएका छन्। निकुञ्जमा, जिप, हात्ती सफारीसँगै चुरे हाइक, राप्तीमा र्याफ्टिङ गर्न सकिन्छ। निकुञ्जको प्राकृतिक सौन्दर्य बढेसँगै मध्यवर्ती क्षेत्रहरूमा होटेल तथा होमस्टेहरू सञ्चालनमा आएका छन्।

यसबाट स्थानीयलाई आयआर्जनमा टेवा पुगेको छ। गाभरभ्याली, अगैया, ओभरी, बालापुर, ढकेरी, खड्वारलगायत क्षेत्र हबको रूपमा विकास भएका छन्। गाभर म्याली र अगैया बाहेकका क्षेत्रमा सफारीका लागि जिप समस्याका रूपमा देखिन्छ।

वरिष्ठ संरक्षण अधिकृत कँडेलले थपे, ‘बाँके राष्ट्रिय निकुञ्जमा जैविक विविधतासँगै भौगोलिक विविधताले थप सुगन्ध थपेको छ।’ चुरे, भावर, तराई भूगोल मि िश्रत निकुञ्ज अन्य निकुञ्जहरूभन्दा बेग्लै पहिचान बोकेको छ। बाँकेमा धार्मिक पर्यटनको पनि सम्भावना उत्तिकै छ। नेपालगन्जदेखि निकुञ्ज १६ किलोमिटरको दूरीमा पर्ने भएकाले बागेश्वरी मन्दिर, सन्तानेश्वर महादेव, वरफानी बाबालगायतका धार्मिक स्थल दर्शनपश्चात् २/३ घण्टामै बाँके निकुञ्जमा पर्यटकीय अवलोकन एकै दिनमा गर्न सकिने उनले सुनाए।

तराईकै ठूलो बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको बाँके निकुञ्जमा अवलोकन गर्न आएका पर्यटकहरू बर्दिया पुग्ने गरेका छन्। त्यस्तै बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्ने पर्यटकहरू बाँके निकुञ्ज पुगेर फर्किने गरेका छन्। प्रचुर जैविक विविधता संरक्षणका कारण पछिल्लो समय बाँके राष्ट्रिय निकुञ्ज पश्चिम तराईकै पर्यटनको सेतु बनेको वरिष्ठ संरक्षण अधिकृत कँडेलले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.