बर्दियामा लागुऔषधसहित दुईजना भारतीय पक्राउ

बर्दियामा लागुऔषधसहित दुईजना भारतीय पक्राउ

गुलरिया : बर्दियाको बाँसगढी नगरपालिका-५ पुरानो गोल्डेन फ्युचर स्कूल नजिकै बबई सिँचाइ नहरको दक्षिण किनारातर्फ लागुऔषध ब्राउन सुगर कारोबार भइरहेको आरोपमा प्रहरीले २ जना भारतीय युवालाई लागुऔषध सहित नियन्त्रणमा लिएको छ। बिहीबार राति करिब पौने ८ बजे लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत इलाका प्रहरी कार्यालय मोतिपुरको संयुक्त टोलीले दशीसहित दुवै जनालाई नियन्त्रणमा लिएको छ।

भारतको  उत्तरप्रदेश अन्तर्गत बहराईच थाना मिहीपुर्वा निवासी २१ वर्षीय हर्षित यादवले चलाएको यूपी ३२ पीटी ७४१० नम्बरको भारतीय नम्बर प्लेटको सेतो कालो रंगको चलाएको कार र कारमा सवार भारतको सोही निवासी २२ वर्षीय अंकित कुमारलाई चेकजाँच गर्ने क्रममा उनीहरूले लुकाई छिपाई राखेको कालो प्लास्टिक सहित १३७ ग्राम ३७० मिलिग्राम, प्लास्टिक हटाई शुद्ध तौल १३१ ग्राम ५४० मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिए।
    

प्रहरीले उनीहरूको साथबाट कार, आईफोन १ थान र भिभो कम्पनीको स्क्रिनटच मोबाइल १ थानसहित दुवै जनालाई रितपूर्वक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मोतिपुरमा राखी आवश्यक अनुसन्धान सुरु गरिएको उनले बताए। 

पुस २३ गते बेलुकी साढे ५ बजेको समयमा मोहम्मदपुर प्रहरी र लागुऔषध ब्यूरो बाँकेले बढैयाताल गाउँपालिका-११ लालपुरबाट शुद्ध तौल  २६६ ग्राम ५६० मिलिग्राम लागुऔषधसहित भारतको उत्तरप्रदेश जिल्ला बहराईच थाना मोतिपुर ग्राम लौकाही निवासी ३३ वर्षीय फिरोज खानलाई नियन्त्रणमा लिएको छ।
    
पछिल्लो समय प्रहरीले लागुऔषध नियन्त्रण कार्यलाई तीव्रता दिएको छ। पुस महिनामा मात्र कुल ८ जनालाई लागुऔषध कारोबारको आरोपमा नियन्त्रणमा लिई उनीहरूको साथबाट २७९ ग्राम ९७० मिलिग्राम लागुऔषध (ब्राउनसुगर) फेला पारेको प्रहरीले जनाएको छ। बर्दियाको करिब ८३ किलोमिटर खुला सिमाना अवैध कारोबार नियन्त्रणको लागि चुनौतीका रूपमा रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले बताए। 

उनले भने चिनी, चामलका बोरामा लुकाएर सानातिना पुरियामा लागुऔषध भित्रिने गरेको छ। उनले भने, ‘पछिल्लो समय हामीले अप्रेसन चलाएका कारण ठूला परिमाणमा लागुऔषध फेला पारेका हौं। यो नियन्त्रण गर्न समुदायले पनि सुरक्षा निकायलाई सहयोग गर्नु उत्तिकै अपरिहार्य छ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.