२६ केजी गाँजासहित दुईजना पक्राउ

२६ केजी गाँजासहित दुईजना पक्राउ
सुन्नुहोस्

सुनसरी : सुनसरीको गढी गाउँपालिका–४ छिटाहा नहर नजिक २६ केजी गाँजासहित दुईजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा आइतबार सर्च अपरेसन चलाएर उनीहरूलाई पक्राउ गरेको हो।

तस्करहरू मोटरसाइकलमा गाँजा बोकेर भारततर्फ जाँदै गरेको सूचना पाउना साथ इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमाण्डमा सादा पोशाकमा खटिएको प्रहरी टोली र इप्रका छिटाहाका प्रहरी नायब निरीक्षक अनोज शाक्य नेतृत्वको सहायक टोलीले संयुक्त रूपमा निगरानी बढाएको थियो। सो क्रममा उत्तरबाट दक्षिणतर्फ गइरहेको स.२ प.७१४६ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकललाई रोकेर जाँच गर्दा बोरा र झोलामा लोड गरिएको ठूलो परिमाणको गाँजा फेला परेको प्रहरी निरीक्षक तिम्सिनाले बताए।

गाजा तस्करीमा संलग्न धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका–८ तातोपानी बस्ने वर्ष १९ को विशाल राई र सोही स्थान घर बताउने वर्ष १६ को नाबालकलाई पक्राउ गरिएको छ। उनीहरू दुबैले मोटरसाइकलमा सवार भई गाँजा लुकाइ–छिपाइ लैजाँदै गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट २ थान मोबाइल फोन समेत बरामद गरेको छ।

 
प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बरामद गरिएको गाँजा करिब २६ केजी रहेको पुष्टि गर्दै पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ। पछिल्ला दिनमा सुनसरीको सीमा क्षेत्र हुँदै लागुऔषध गाँजा ओसारपसार बढेपछि प्रहरीले निगरानी र चेकजाँच कडा पारिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.