मावि विज्ञान शिक्षकको परीक्षामा घुस लिने प्रधानाध्यापक र सहयोगी अख्तियारको फन्दामा

मावि विज्ञान शिक्षकको परीक्षामा घुस लिने प्रधानाध्यापक र सहयोगी अख्तियारको फन्दामा
सुन्नुहोस्

रौतहट : देवाही गोनाही नगरपालिका -९ स्थित जय किसान नमुना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय प्रसाद साह र उनका सहयोगी अरबिन्द प्रकाश साह पक्राउ परेका छन् ।

अख्तियार अनुसन्धान आयोगको टोलीले शुक्रबार राति प्रधानाध्यापक साहलाई रौतहटस्थित आफ्नै घरबाट नियन्त्रणमा लिएको रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए। साहका सहयोगी अरविन्दलाई वीरगन्जबाट पक्राउ गरेको गरिएको हो।

अख्तियार स्रोतका अनुसार प्रधानाध्यापक साहले विद्यालयमा आज शनिबार हुने माध्यमिक तह (द्वितीय) विज्ञान विषयको शिक्षक नियुक्ति परीक्षामा पास गरिदिने भन्दै एक शिक्षकसँग साढे चार लाख रुपैयाँ घुस मागेको जानकारी अख्तियारसम्म पुगेको थियो। उक्त रकम लिँदै गर्दा उनका सहयोगी अरविन्द पनि अख्तियारको फन्दामा परेका हुन्।

वीरगंजका एक शिक्षकले परीक्षाका लागि फारम भरेका थिए र उनीसँगै रकम मागिएको थियो। सो शिक्षककै सूचनाको आधारमा अख्तियार आयोग, टंगाल काठमाडौँबाट खटिएको टोलीले वीरगंजस्थित राधेमाई स्वीट्स एण्ड भोजनालयबाट सहयोगी अरविन्द प्रकाश साहलाई गए राति रंगेहात पक्राउ गरेपछि टोलीले धरहरी पुगेर प्रधानाध्यापक साहलाई समेत नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि शुक्रबार रातिनै काठमाडौँ लगिएको अख्तियार स्रोतले जनाएको छ। रौतहटका  प्रहरी प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले प्रधानाध्यापक साहलाई अख्तियारको टोलीले पक्राउ गरेर अनुसन्धानका लागि काठमाडौं लगेको पुष्टि  गरे ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.