अहिलेको सरकार नेपालीले छानेको होइन, राजनीतिक दललाई दमन गर्न नीति लिएको छ : ओली

अहिलेको सरकार नेपालीले छानेको होइन, राजनीतिक दललाई दमन गर्न नीति लिएको छ : ओली
तस्बिर : ओली सचिवालय

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकार नेपालीको नभएको दाबी गरेका छन्। आज भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपालीको प्रतिनिधि चाहिँ होइन, अरु कसैको प्रतिनिधि भएको बताएका हुन्।

‘मैले अस्ति पनि भने, यो जसरी बन्यो मैले संक्षेपमा भनेको छु सरकार हा हुँबाट बनेको सरकार हो, त्यसको अलि व्याख्या गरेको छैन। समयमा गरुँला।’ओलीले भने, ‘यो सरकार कसैको प्रतिनिधि होइन। नेपालीको चाहिँ होइन। अरु कसैको भए मलाई थाहा छैन। कसैले छानेको सरकार होइन यो। उहाँहरु एउटा खास उद्देश्यले काम गरिरहनुभएको छ।’

उनले कसरी केपी ओली र रमेश लेखकलाई कसरी गिरफ्तार गर्न सकिन्छ भनेर सरकार लागि परेको बताए। ओलीले चुनाव गराउन भन्ने  राष्ट्रपतिले तोकिदिएको म्याण्डेट भएको बताए। उनले भने, ‘कार्कीलाई राम्ररी थाहा छ। नेपालको संविधानको व्याख्या गरेर आएको मान्छे हो। के के व्याख्या गर्नुभयो त्यो छोडौं तर नेपालको संविधानले स्पष्ट रुपमा भन्छ। प्रधानन्यायाधीश भइसकेको व्यक्ति कुनै पनि सरकारी लाभका पदमा बस्न सक्दैन। प्रधानमन्त्री मन्त्रीको कुरा छौडौं। तर उहाँ सुरिनु भयो। त्यो सुरिन २३ र २४ गते जेनजी भनेर सडकमा उत्रनुभयो। उहाँ के कामका लागि उत्रनुभयो ? चुनाव गराउन भन्ने त राष्ट्रपतिले तोकिदिएको म्याण्डेट हो। उहाँहरुको होइन।’

ओलीले अहिले सरकार राजनीतिक दललाई दमन गर्न खोजिरहेको दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.