माइतीघरमा प्रदर्शन गर्न खोज्ने निकोलस भुसालसहित १५ जना पक्राउ

माइतीघरमा प्रदर्शन गर्न खोज्ने निकोलस भुसालसहित १५ जना पक्राउ
सुन्नुहोस्

काठमाडौं : काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गर्न खोज्ने डा. निकोलस भुसालसहित केहि युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जेनजीको माग सम्बोधन नभएको भन्दै माइतीघरमा प्रदर्शनका लागि पुगेका भुसालसहित १५ भन्दा बढि युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

null

माइतीघरमा प्रदर्शनका लागि काठमाडौं प्रशासनले कसैलाई पनि अनुमति नदिएकाले प्रदर्शन गर्न पुग्नेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जेनजीको एक समूहले पनि बिहीबारका लागि तय गरेको प्रदर्शनको कार्यक्रम फिर्ता लिएको थियो ।

null

जेनजीका नाममा हुने प्रदर्शनलाई मध्यनजर गर्दै माइतीघरदेखि बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.