सहरी बाढीको बढ्दो चुनौती
हालैका वर्षहरूमा सहरी बाढी गम्भीर चिन्ताको विषय बनिरहेको छ। जलवायु परिवर्तनको ढाँचामा देखिएको परिवर्तनले देशका धेरै भागमा बारम्बार र तीव्र वर्षा भइरहेको छ। यस वर्षको मनसुन मौसममा धेरै राज्यमा सामान्यभन्दा २० प्रतिशत बढी वर्षा भएको थियो। बढ्दो भारी वर्षा जलवायु परिवर्तनसँग जोडिएको छ, तर सहरी क्षेत्रहरूमा बाढीको गम्भीरता स्थानीय मानवीय गतिविधिबाट पनि प्रभावित छ।
कमजोर भूमि प्रयोग योजना, द्रुत निर्माण, हरियाली क्षेत्रहरूको अभाव र पुरानो वा अपर्याप्त जल निकासी प्रणालीले धेरै सहरलाई जलमग्न बनाइरहेछ भने बाढीको क्षतिका लागि बढी जोखिममा पारेको छ। पछिल्लो १२ घण्टामा लगभग १३० मिलिमिटर वर्षा भयो, जसले गर्दा अवस्थित पूर्वाधारहरू कमजोर भए। घरहरू र सडकहरू डुबानमा परे र गम्भीर अवरोधहरू निम्तिए। जुन घटनाले सहरी विकास रणनीतिहरूमा पुनर्विचार गर्नुपर्ने देखिन्छ। सहरी बाढीको बढ्दो खतरालाई सम्बोधन गर्न विपद् तयारी बलियो बनाउनुपर्ने आवश्यकता छ। सहरी बाढी ग्रामीण बाढीभन्दा पूर्णतया फरक छ। वर्षाको पानी सहरभित्रै जम्मा हुन्छ, जसले गर्दा बाढी आउँछ। योजनाबिनै बनाइएका सहरहरूमा यो अवस्था द्रुत गतिमा बढ्दै गएको छ।
सहरी बाढीमा बाढीको तीव्रता धेरै बढी हुन्छ र लामो समयसम्म रहन्छ। पहिले, बाढी आउँथ्यो र जान्थ्यो। सहरी बाढी तब आउँछ जब वर्षाको पानी सहरको ढल निकास प्रणालीभन्दा बाहिर जान्छ। अनि सडकहरू, घरहरू र सार्वजनिक ठाउँहरूमा बाढी आइपुग्छ। ग्रामीण बाढी सामान्यत: नदी वा तालहरू नजिक हुन्छ, जबकि सहरी बाढी सडक र भवनहरू जस्ता अत्यधिक कंक्रिट सतहहरूको कारणले हुन्छ। जसले वर्षाको पानी जमिनमा चुहिनबाट रोक्छ। यसले पानी सतहमाथि द्रुत गतिमा बग्छ र तल्ला क्षेत्रहरूमा जम्मा हुन्छ, जसले सार्वजनिक जीवनलाई बाधा पुर्याउँछ। यसले सम्पत्तिलाई क्षति पुर्याउन सक्छ, यातायातमा बाधा पुर्याउन सक्छ र गम्भीर स्वास्थ्य जोखिमहरू निम्त्याउँछ।
सहरी बाढीको प्रमुख कारण वर्षाको पानी हो। उचित योजनाको अभावमा सहरहरूबाट पानीको सहज निकास भइरहेको छैन। अनियन्त्रित सहरीकरणले पानी संरक्षण, नियन्त्रण र आवागमनमा बाधा पुर्याइरहेछ। ढल निकास प्रणाली अपर्याप्त छ। पोखरीहरू मासिइसकेका छन्। खाली जमिनमा खेती गर्न दिइएको छैन, जसले गर्दा पानी जमिनमुनि जम्मा हुनबाट रोकिएको छ। सहरहरूमा ढलानको अभाव छ। घरेलु, व्यावसायिक र औद्योगिक फोहोरको अनुपयुक्त व्यवस्थापनले पनि सहरी बाढीमा योगदान पुर्याउँछ।
माटोको ओसिलोपन पुन: पूर्ति गर्न प्रयोग गरिने वर्षाको पानीमा कमीका कारण पनि सहरी बाढीको जोखिम बढ्दै गएको छ। सहरी क्षेत्रहरूमा २० प्रतिशत मात्र माटो बाँकी छ र बाँकी ८० प्रतिशत कंक्रिट गरिएको छ। यसले माटोलाई पानी सोस्नबाट रोक्छ। सहरी बाढी एक गम्भीर समस्या हो, जसका मुख्य कारणमा अनियोजित सहरीकरण, कमजोर ढल निकास प्रणाली, प्राकृतिक जल निकायहरूमा अतिक्रमण र अपर्याप्त फोहोर व्यवस्थापन समावेश छन्। यी समस्याहरूले पूर्वाधार क्षति, आर्थिक क्षति, रोगहरू, आपूर्ति शृंखला अवरोधहरू र ठूलो मात्रामा जनसंख्या विस्थापन निम्त्याउँछ।
सहरी बाढीको निरन्तर समस्याका कारण
भौगोलिक सीमाहरू : सहरी बाढी स्थलाकृतिक र जलविज्ञान कारकहरूको संयोजनले हुन्छ।
द्रुत सहरी निर्माण : सहरहरूमा द्रुत निर्माणले प्राकृतिक माटोलाई कंक्रिटले प्रतिस्थापन गरेको छ। कंक्रिटले पानी सोस्न नसक्ने भएकाले, वर्षाको पानी सतहमाथि बग्छ। मुम्बई जस्ता सहरहरूमा, विगत केही दशकमा निर्माण क्षेत्र लगभग दोब्बर भएको छ। जसले गर्दा मध्यम वर्षाको समयमा पनि बाढी आउने सम्भावना बढेको छ। केही सहरी क्षेत्रले अब प्राकृतिक परिदृश्यभन्दा लगभग ३० गुणा बढी सतहको बहाव प्राप्त गर्छन्।
पुरानो ड्रेनेज प्रणाली : धेरै सहरले अझै पनि दशकौं पुरानो ड्रेनेज प्रणालीहरू नै प्रयोग गर्छन्। यी प्रणालीहरू आजको जनसंख्या र वर्षाको स्तरका लागि उपयुक्त छैनन्। तिनीहरू प्राय: फोहोर र फोहोरले भरिएका हुन्छन्। उदाहरणका लागि, काठमाडौं अझै पनि र राणकालीन ड्रेनेज योजनामा सञ्चालित छ, यद्यपि यसको जनसंख्या त्यसबेला यता चार गुणा बढी छ।
जलवायु परिवर्तन : जलवायु परिवर्तनले थप चरम र अप्रत्याशित मौसम ल्याइरहेको छ। सहरहरूमा रेकर्ड तोड्ने वर्षा भएको छ। सन् १९५० को दशकदेखि भारी वर्षाको घटना तीन गुणा बढेको छ र वैज्ञानिकहरूले यो प्रवृत्ति जारी
रहने अनुमान गरेका छन्।
ताल र सिमसार क्षेत्रहरूको लोप : ताल र पोखरी जस्ता प्राकृतिक जलस्रोत अत्यधिक वर्षाको पानी भण्डारण गर्न प्रयोग गरिन्थ्यो। तर अब तीमध्ये धेरैजसो निर्माणका लागि भरिएका छन्।
गलत ठाउँमा निर्माण : पहाड वा नदी किनारजस्ता पारिस्थितिक रूपमा संवेदनशील क्षेत्रहरूमा निर्माणले पानीको प्रवाहको प्राकृतिक मार्गलाई अवरुद्ध गरेको छ। यसले पहिरो निम्त्याउन सक्छ र बाढीलाई अझ खराब बनाउन सक्छ।
फोहोरका कारण नालीहरू अवरुद्ध हुनु : ठोस फोहोर र निर्माण भग्नावशेषले भारी वर्षाको समयमा नालीहरू अवरुद्ध गर्दछ। फोहोरको कमजोर व्यवस्थापन एक प्रमुख समस्या हो। प्लास्टिक र भग्नावशेषले नालीहरू अवरुद्ध गर्दछ, जसले पानीको प्रवाहलाई रोक्छ।
सहरी बाढीको प्रभाव : हालै आएको बाढीले धेरैको मृत्यु र व्यापक सम्पत्तिमा क्षति पुर्यायो। जमेको पानीले लामखुट्टेबाट हुने रोग र पानीजन्य संक्रमण फैलाउँछ। पूर्वाधार
क्षति सडक, मेट्रो र विद्युत् लाइनहरू प्रयोग गर्न नमिल्ने भएकाले संकटलाई अझ बढाउँछ।
सहरी बाढीका बढ्दा चुनौती : बाढीले जीवन र सम्पत्तिको क्षति निम्त्याउँछ, जसमा गरिब र जोखिममा परेका समुदायहरू सबैभन्दा बढी प्रभावित हुन्छन्। पूर्वाधारको विनाश, आपूर्ति शृंखलामा अवरोध र आर्थिक गतिविधिहरूमा अवरोधले महत्वपूर्ण आर्थिक क्षति निम्त्याउँछ। यातायात, बिजुली र पानी आपूर्ति जस्ता सार्वजनिक सेवा अवरुद्ध हुन्छन्। पानी जम्मा हुँदा मलेरिया र डेंगु जस्ता रोगको जोखिम बढ्छ, जसले महामारी निम्त्याउन सक्छ। बाढीबाट प्रभावित मानिस जीविकोपार्जन गुमाउँछन् चर खाना र आश्रय समस्याहरूको सामना गर्छन्।
समाधान र भविष्यको दिशा : उत्तम सहरी योजना चाहिन्छ। साथमा सामुदायिक सहभागिता अपरीहार्य हुन्छ। प्राविधिक समाधानमा स्मार्ट सहरी योजना र वास्तविक समय प्रविधिहरू बाढी व्यवस्थापनमा उपयोगी हुन्छन्। विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणका लागि सक्रिय दृष्टिकोण अपनाउनुपर्छ।
समाधान र उत्तम अभ्यासहरू
१. संस्थागत र प्रशासनिक सुधारहरू : राज्यले जलवायु परिवर्तन र विपद् व्यवस्थापन एजेन्सीहरूबीच समन्वय बढाउनुपर्छ। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको राष्ट्रिय विपद् व्यवस्थापन ढाँचाले तयारी, पुनर्लाभ र पुनर्निर्माणमा जोड दिन्छ। सहरहरूले व्यावसायिक रूपमा नेतृत्व गरिएको अन्तरविभागीय विपद् व्यवस्थापन अधिकारीहरू स्थापना गर्नुपर्छ।
२. सहरी योजना र लचिलोपन : सहरहरूले समुच्च नक्सा तयार गर्न र विस्तृत आँधी पानी सर्वेक्षण सञ्चालन गर्न आवश्यक छ। ड्रेनेज नेटवर्कहरूमा नयाँ अतिक्रमण रोक्नु र अवस्थित अवरोधहरू हटाउनु प्राथमिकता हुनुपर्छ। यसबाहेक, सहरी पानीको प्रवाह सुधार गर्न प्लास्टिकमा प्रतिबन्ध लगाउनु र ठोस फोहोर व्यवस्थापनलाई नियमन गर्नु आवश्यक छ।
३. प्राकृतिक र प्राविधिक समाधानहरू : हरियो छत, पारगम्य भुइँ र सहरी सिमसार जस्ता हरियो पूर्वाधारलाई प्रवद्र्धन गर्नुपर्छ। सतहको बहाव कम गर्न छतको वर्षा पानी संकलन व्यापक रूपमा अपनाउनुपर्छ।
निष्कर्ष : नेपालमा सहरी बाढी जलवायु परिवर्तनले बढाएको प्रशासनिक र योजनागत असफलता हो। भविष्यका प्रकोपहरूबाट बच्न नेपालले दोहोरो रणनीति अपनाउनु पर्छ। राष्ट्रिय नीतिहरूमार्फत ठूला सहरहरूमा जनसंख्याको दबाब घटाउने र लचिलो पूर्वाधार एवं प्रशासनिक सुधारहरूमा लगानी गर्ने। जब जलवायु लचिलोपनलाई सहरी योजनाको मुख्य ढाँचामा समावेश गरिन्छ तबमात्र नेपाली सहरहरूले सहरी बाढीको बढ्दो खतरालाई प्रभावकारी रूपमा सम्बोधन गर्ने आशा गर्न सक्छन्।
जबसम्म सहरहरूको ढल निकास प्रणालीलाई राम्रोसँग मर्मत गर्दैनौं, स्मार्ट सहरहरूको सपना सपना नै रहनेछ। किनकि, सहरी जनसंख्या हरेक वर्ष १० प्रतिशतले बढ्छ। राम्रो पूर्वाधार भएका सहरी क्षेत्रहरूले जीविकोपार्जन गर्न धेरै मानिसलाई आकर्षित गर्छन्। बढ्दो जनसंख्यालाई समायोजन गर्न थप पूर्वाधार विकासको आवश्यकता पर्दछ। ढल निकासले पूर्वाधार निर्माणमा प्रमुख भूमिका खेल्छ।
प्रतिक्रिया दिनुहोस !