शिलान्यास र उद्घाटनको तमासा

विकास बहस

शिलान्यास र उद्घाटनको तमासा

विकास संस्कृति र कठोर आयोजना अनुशासन नबसेको मुलुकमा ससाना आयोजनाहरूको निर्माण सुरु तथा सम्पन्नपछि सञ्चालनका लागि तामझामका साथ शिलान्यास र उद्घाटन गर्ने गरिन्छ । यस प्रकारका समय र साधनको अपव्यय हुने कार्य आयोजना व्यवस्थापनका अभिन्न भाग होइनन् । वार्षिक  विकास कार्यक्रममा समावेश कार्यक्रम सम्बन्धित निकायले नै कार्यान्वयन गर्नेगरी तय गरिएका हुन्छन्, त्यसैले धेरै व्यक्तिको समय र स्रोतको समेत बर्बादी हुने गरी शिलान्यास तथा उद्घाटन गर्नु आवश्यक होइन । नेपालमा आयोजनामा सबैको ध्यान खिच्न र सबैको सहयोग परिचालन गर्न कार्य आरम्भ ठूलाबडा पदाधिकारीबाट गराउने गरिन्छ । तर आयोजनामा कार्यान्वयनमा पर्ने बाधा फुकाउन र सहजीकरण गर्न त्यस्ता पदाधिकारीबाट ध्यान दिएको भने देखिँदैन ।

आयोजना छनोटदेखि आयोजना विकास, निर्णय, कार्यान्वयन र सञ्चालनसम्मका क्रियाकलापहरू आयोजना अनुशासनमा पर्छन् । समस्याहरू राज्यप्रक्रियामा पुगेपछि आयोजना विकास, सम्भाव्यता अध्ययन, डिजाइन, वार्ता, कार्यान्वयनका क्रियाकलापहरू प्राविधिक तवरबाट गरिन्छन् र निर्णय चाहिँ राजनैतिक प्रक्रियाबाट हुन्छ वार्षिक विकास कार्यक्रममा समावेश भएर । आयोजना व्यवस्थापनलाई अनुशासित बनाउन नीति तथा मापदण्ड निर्धारण गरिन्छन् । सार्वजनिक साधनलाई उपयोगिताका क्षेत्रमा पुु¥याउने कर्तव्य पदाधिकारीको हो । पदाधिकारीहरू अनुशासनबाट कत्ति पनि विषयान्तर हुनुहुन्न । बजेटमा समावेश भई सार्वभौम संसद्बाट स्वीकृत आयोजनाहरू कार्यान्वयनमा लैजाने काम प्राविधिक तहबाट हो । आयोजना सुरु गर्न साइत, शिलान्यासजस्ता गैरआयोजना व्यवस्थापनका कार्य गरिनु आवश्यक हुँदैन । तर हामी कहाँ आयोजनाहरू निर्माण सुरु गर्न ठूला पदाधिकारीको बाहुली पर्खेर बसेका हुन्छन्, सम्पन्न भएपछि त्यसैगरी उद्घाटनको प्रतीक्षा गर्छन् । उद्घाटन तथा शिलान्यासको औपचारिकताले समय, स्रोतको माग गर्दछ, आयोजनाको लागत र सामाजिक तथा राजनैतिक लागतसमेत बढाउने गर्दछ । शिलान्यास र उद्घाटन आयोजना व्यवस्थापनको अंग होइन । यस अर्थमा शिलान्यास वा उद्घाटन किन गर्ने ? तर यसमा बहस गर्ने विषय सार्वजनिक चासोमा परेको छैन । 

राष्ट्रिय गौरव र पहिचान विस्तार गर्ने, समाज र राष्ट्रको प्रतिष्ठा देखिने वा आमनागरिकमा विशेष सन्देश दिने एकाध आयोजना शिलान्यास वा उद्घाटन गर्न नहुने होइन, यसको प्रचलन पनि छ । तर सामान्य आयोजनाहरूमा उद्घाटन र शिलान्यासले साधन, स्रोत र समयको बर्बादी हो । 

शिलान्यास तथा उद्घाटन संस्कृतिले जनमानसमा कस्तो प्रभाव पर्छ भन्ने अध्ययन गरिएको छैन । तर यसले विकास संस्कृतिमा नकारात्मक प्रभाव पार्दै ल्याएको छ । उद्घाटन/शिलान्यासमा अक्सर ठूला मानिसलाई निम्त्याइको हुन्छ । यसले सर्वसाधारणलाई यो आयोजना मेरा कारण आएको हो, मेरो योगदान महŒवपूर्ण छ भन्नेगरी प्रभाव पार्न खोजिएको हुन्छ । शिलान्यासले आयोजनाका लागि आवश्यक पर्ने रकम सजिलै विनियोजन हुने आधार खडा हुन सक्छ भन्ने सोच राखिएको हुन्छ । ठूला पदाधिकारीबाट आयोजना शिलान्यास गर्दा स्रोतको दाबी गर्न सजिलो पर्ने नै भयो । सैद्धान्तिक रूपमा नेपालमा आयोजना बैंक, मध्यकालीन खर्च संरचना र क्रियाकलापमा आधारित बजेट प्रस्तावका विधि छन् । तर व्यवहारमा विनियोजनका यी आधार अवलम्बन नगरिकनै तदर्थ रूपमा आयोजनाले बजेटमा स्थान पाउँछन् । धेरै आयोजनाले बजेटमा प्रवेश पाउँदा स्रोतप्रति प्रतिस्पर्धा रहन्छ । ठूला व्यक्तिबाट शुभारम्भ गराउँदा स्रोत दाबीलाई प्रभाव पार्न सकिन्छ भन्ने सोच राखिएको हुन सक्छ । बहुवर्षीय नाममा आयोजनाहरूले स्रोत क्याप्चर गर्नुमा यो पनि एउटा कारण हो ।  

शिलान्यास र उद्घाटन कार्यक्रमको लुकेको रहस्य सर्वसाधारण र सरोकारवालालाई प्रभाव पार्नु हो ।विकास र साधनमाथि राजनीति हुनुहुन्न, लोकतन्त्रमा विधिले नै साधन विनियोजन, खर्च र लाभको वितरण हुने मान्यता राखिन्छ। वैयक्तिक स्रोतको लगानीमा निर्माण हुन्छ भने त्यसमा सार्वजनिक प्रश्न उठाउनु आवश्यक होइन, तर सार्वजनिक स्रोतको उपयोगबाट निर्माण हुने विकास संरचनामाथि राजनीति गर्नु नैतिक, शासकीय र राजनैतिक दृष्टिमा उचित होइन। 

शिलान्यास र उद्घाटन कार्यक्रमको लुकेको रहस्य सर्वसाधारण र सरोकारवालालाई प्रभाव पार्नु हो । जस्तो कि कुनै राजनैतिक कार्यकारीले शिलान्यास गर्दा विकास कार्यक्षेत्रका सेवाग्राहीलाई आफ्ना पक्षमा प्रभाव पारी मत र मनोविज्ञानमा प्रभाव पार्न खोजिएको हुन्छ । शिलान्यास तथा उद्घाटनका समयमा गरिने भाषणले त्यसको पुष्टि गर्दै आएको छ ।

तर सर्वसाधारणको पसिनाको राजस्व नै त्यहाँ प्रयोग हुने हुँदा त्यसरी प्रभाव पार्दा नकारात्मक विकास संस्कृति बसिरहेको छ । सरकारी बजेट कुनै अमूक पदाधिकारीको होइन, त्यो सर्वसाधारणले गाँस कटाएर राज्यलाई हस्तान्तरण गरेको वा उसका नाममा अन्य मुलुकका नागरिकले सद्भावना देखाइएको रकम हो । यस अर्थमा कुनै पदाधिकारीले त्यस प्रकारको प्रभाव पार्ने काम नैतिक दृष्टिमा समेत उपयुक्त होइन । विकास र साधनमाथि राजनीति हुनुहुन्न, लोकतन्त्रामा विधिले नै साधन विनियोजन, खर्च र लाभको वितरण हुने मान्यता राखिन्छ । वैयक्तिक स्रोतको लगानीमा निर्माण हुन्छ भने त्यसमा सार्वजनिक प्रश्न उठाउनु आवश्यक होइन, तर सार्वजनिक स्रोतको उपयोगबाट निर्माण हुने विकास संरचनामाथि राजनीति गर्नु नैतिक, शासकीय र राजनैतिक दृष्टिमा उचित होइन । जिम्मेवारीका पदाधिकारीको दायित्व निरोपित भूमिकामार्फत सर्वसाधारणलाई विकासको नतिजा दिनु । 

शिलान्यास संस्कृति विकास हुनुको पछि अरू गर्भित र केही सकारात्मक कारण पनि हुन सक्छन् । प्रायः ठूला आयोजनाहरूमा सामाजिक सहयोग परिचालान गर्नुपर्ने हुन्छ, जस्तो कि जग्गा प्राप्ति, स्थानीय निर्माण सामग्रीको उपलब्धि, निर्माणस्थल वा एलाइन्मेन्ट प्राप्ति आदि । कतिपय अवस्थामा राजनैतिक स्रोत पनि परिचालन गर्नुपर्ने हुन्छ । यी कारणले आयोजना व्यवस्थापकबाट चातुर्यपूर्ण कदम लिइएको हुन सक्छ । साथै आयोजनामा हुन सक्ने अनियमितताको लागि पनि यसले रक्षा कवचको काम गर्न सक्छ । निकै उच्च पदस्थ पदाधिकारीहरूले शिलान्यास/शुभारम्भले निगरानी निकायका आँखा/कान अन्यत्र मोडिन्छन् । नेपालजस्तो रविन्सन सिद्धान्तको बोलवाला हुने मुलुकमा यसले निकै काम गर्न सक्छ ।

आयोजना व्यवस्थापन विशुद्ध प्राविधिक काम र अनुशासन हो । अनुशासनको दायराबाट आयोजना व्यवस्थापन विषयान्तर हुनु हुन्न । ठूलो भेला, तामझाम, यातायात खर्च र भोजभतेरजस्ता काम सार्वजनिक कोषबाट गरिनु आर्थिक अनुशासन र कोषप्रतिको संवेदनशीलताप्रति अवहेलना हो । पदाधिकारीको सदाचारितामा पनि यसले प्रश्न उठाउन सक्छ । प्रश्न उठ्न सक्ला, भर्चुएल वा अन्य दूरविधिबाट यस्ता काम गर्न हुन्छ ? यसखाले कामले धेरै व्ययभार नबढाए पनि समाजमा जाने सन्देश भने उस्तै रहन्छ । यस्ता काम राजनैतिक, प्रशासनिक ठट्टेबाजी (गिमिक) हुन् र आयोजना अनुशासन र विकास संकृतिलाई चुनौती दिन्छ । 

उद्घाटन र शिलान्यास अभियान बन्नुपछि आयोजना पदाधिकारीमात्र दोषी होइनन् । तर पहिलो दोषी आयोजना व्यवस्थापक र कर्मचारीतन्त्र नै हुन्, जो देखिने र नदेखिने आशयसाथ यसलाई बढावा दिन पुग्छन् । व्यावसायिक निष्ठामा रहने कर्मचारी आयोजना कार्यान्वयन गर्छन्, उद्घाटन वा शिलान्यासको नाममा सेलेब्रेसन गर्दैनन् । आयोजनाको नतिजा नै सेलेब्रेसन भन्ने विश्वास गर्छन् । 

दोस्रो दोषी राजनीतिक पदाधिकारीको छ जसले सर्वसाधारणलाई प्रभाव पारी मतको राजनीति गरिरहेका हुन्छन् । निगरानी निकायको पनि कमजोरी छ । आर्थिक अनुशासन, सेवा प्रवाह र आयोजना लागतको दृष्टिबाट यी निकायले कहिल्यै निगरानी राखेनन् । सर्वसाधारणलाई दोषी भन्न हुँदैन, तर उनीहरूको चेतनाको तहले यस प्रकारको गलत संस्कृतिलाई तिरस्कार गर्ने वातावरण नागरिक समाज र विचार निर्माताहरूले गर्नुपथ्र्यो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.